कन्भलसेन्ट प्लाज्मा थेरापी(Convalescent Plasma Therapy) के हाे ? संक्षिप्त जानकारी !


लेखापढी      २४ श्रावण २०७७, शनिबार १२:०३

कन्भलसेन्ट प्लाज्मा थेरापी(Convalescent Plasma Therapy) के हाे ? संक्षिप्त जानकारी !

हिले विश्व कोभिड-१९ को महामारीबाट गुज्रीरहेको छ । चिनको  वुहान शहरबाट सुरू भएकाे  कोरोना  भाइरस अहिले  विश्वकाे सबै देशमा पुगी लाखौ मान्छेहरुकाे ज्यान लिइसकेको छ र जसका कारण  विश्व लकडाउनको स्थितिमा छ ।

महिनौ बिती सक्दा पनि  कोरोना भाइरस फैलिने स्थिति रोखिएको छैन दिनका दिन काेराेना पोजेटिभ केसहरु बढी रहेको अवस्था छ । एकातिर यसको डीफिनेटिभ उपचार  नहुनु र अर्कोतिर  हाल सम्म कुनै पनि औषधिले कोरोना बिरुद्द राम्रो काम नगर्नु ले पनि चिन्ता बढाएको स्थिति छ । यस सम्बधी  बिज्ञहरु र अनुसन्धानकर्ताहरु रातोदिन  लागि रहेका छन ।

कहिले भ्याक्सिन आउदैछ र त कहिले औषधि  पत्ता लागि सक्यो भन्ने जस्ता  समचारले  कहिलेकाही उर्जा थपे पनि त्यस्तो  स्थिति छैन ।

कहिले भ्याक्सिन आउदैछ र त कहिले औषधि  पत्ता लागि सक्यो भन्ने जस्ता  समचारले  कहिलेकाही उर्जा थपे पनि त्यस्तो  स्थिति छैन । कोभिड-१९ को महामारी नरोकिनु  र  कुनै पनि औषधिले कोरोना विरूद्ध नहुनुले  झन चिन्ता बढाएको छ ।  बिभिन्न औषध को अनुसन्धान र खोज  जारिरहेकै बेला  कोरोनाका सिकिस्त बिरामीलाई कन्भल्सेंट प्लाज्मा थेरापी उपयुक्त  हुने कुरा बिज्ञहरु बताई  रहेका छन ।

प्लाज्मा थेरापीको बारेमा संक्षिप्त जानकारी

के हो प्लाज्मा(Plasma) ?

हाम्रो रगतसँग एक किसिमको झोल पदार्थ मिसिएको हुन्छ । रगतका  सम्पूर्ण रक्तकोषहरु  छुट्याउने हो भने प्रोटिनयुक्त झोल पदार्थ बाँकि रहन्छ,  जसलाई प्लाज्मा भनिन्छ । जसमा  रोगसँग लडेका र लड्न सक्ने  एन्टीबडी हुन्छन । हाम्रो शरीरमा कुनै पनि ब्याक्टेरिया, भाइरस वा  बाहिरीय  बस्तु जब  रगतमा पुग्छ अनि  मात्र संक्रमण हुन्छ तब हाम्रो शरीरको इम्युन सिस्टमले त्यो संग लड्ने वा त्यसलाई परास्त गर्ने एन्टी बडी बनाउँछ  र सक्रमण हुन बाट रोक्छ ।

के हो  कन्भलसेन्ट  प्लाज्मा (convalescent Plasma) ?

कन्भल्सेंट भनेको कुनै पनि बिरामी लागेर निको भै सकेको बिरामी भन्ने बुझिन्छ र प्लाज्मा भन्नाले रगतमा रहेको प्रोटिन युक्त झोल पदार्थ । कन्भल्सेंट प्लाज्मा भन्नाले कोभिड-१९(कोरोना) लागेर पिसीआर पोजेटिभ भइ निको भएका (पिसिआर  नेगेटिभ) आएका  बिरामीहरुको प्लाज्मा भन्ने बुझिन्छ  जसमा कोरोनासंग लडेका र लड्न सक्ने  एन्टी बडी हुन्छन । जुन  नयाँ कोरोना बिरामीलाई लाभदायक हुन्छ।

के हो  कन्भल्सेंट प्लाज्मा थेरापी (Convalescent Plasma Therapy) ?

कोभिड-१९(कोरोना)  लागेर पिसीआर पोजेटिभ भइ  निको भएका (पिसिआर  नेगेटिभ) आएका  बिरामीहरुको प्लाज्मालाई  जसमा  कोरोनासँग लड्न सक्ने  एन्टीबडी हुन्छन त्यसलाई कोरोना लागेर सिकिस्त भएका र अरु कुनैपनि औषधिले निको हुने स्थिति नभएका बिरामीलाई  इन्जेक्ट गरिने बिधिलाई  कन्भल्सेंट प्लाज्मा थेरापी  भनिन्छ।

यो किन गरिन्छ ?

यदि कन्भल्सेंट प्लाज्मा कोरोना लागेर सिकिस्त भएका बिरामीलाई दियौ भने त्यसमा रहेका  एन्टी बडी जुन पहिला नै कोरोना भाइरस बिरुद्द लडेका हुन तिनले नयाँ बिरामीमा  भएका  कोरोना भाइरस सँग सजिलै लड्न सक्छ र बिरामी निको हुन्छ भन्ने मान्यताका साथ यो थेरापी गरिन्छ/दिइन्छ।

कसरी गर्ने ?

कोरोना  (पिसीआर पोजेटिभ) लागेर निको भएका (पिसिआर नेगेटिभ) आएका  बिरामीहरुको रगत  नेगेटिभ रिपोर्ट आएको दुई तीन हप्ता पछि रगत संकलन ब्यागमा  रगत संकलन गरिन्छ अनि  आबश्यक चेक जाँच गरी  प्लाज्मा तयार पारिन्छ, जसलाई सुरक्षित गरि राखेर आबश्यक परेको बेला  सिकिस्त कोरोना बिरामीलाई इन्जेक्ट गर्न सकिन्छ।  यसको लागि निम्न  ४ वटा सामान्य बुदाहरु अप्नाउनु पर्ने हुन्छ।

पहिलो –  कोरोना लागेर निको भएका(पिसिआर नेगेटिभ आएका)  बिरामीहरुको  डाटा संकलन गर्ने र उनीहरुलाई  रगत डोनेसनको लागि आबश्यक काउन्सेलिंग गर्ने ।

दोस्रो : नेपाल रेडक्रसको सहकार्यमा  घरैमा गइ वा आबश्यक आउने जाने खाने  ब्यबस्था गरि सम्बन्धित ठाउँमा (कलेक्शन सेन्टर)मा बोलाउने र रगत संकलन गरि प्लाज्मा तयार  गरि  र स्टोर गर्ने

तेस्रो : तयार भएको प्लाज्मा  सरकारले तोकेको कोरोना उपचार सेन्टरहरुमा उपलब्ध गराउने व्यवस्था मिलाउने

चौथो : कोरोनाका सिकिस्त बिरामीलाई  प्लाज्मा  आबश्यकता अनुसार इन्जेक्ट गर्ने

जोखिम के ?

यो बिधि अरु अवस्थाहरुमा धेरै नै सुरक्षित मानिन्छ। कोरोनाको बिरामी हरुमा अन्डर ट्रायल वा परिक्षणका क्रममा नै छ ।  स्टाबिलिस्ड (स्थापित वा मान्यताप्राप्त) उपचार भैसके हो छैन । तर खोज र अनुसन्धानकर्ताहरुका अनुसार भने सिकिस्त कोभिडका बिरामीलाई यो बिधि कोसे ढुंगा साबित  हुने ठहर गरिएको छ ।  एकदम न्यून जोखिमहरुमा चाही एलर्जी हुने, सरुवा रोग सर्न सक्ने हुन्छ तर सम्पुर्ण चेक जाँच गरेर गर्दा त्यो नि हुँदैन ।


डा. डबलबहादुर धामी (हिमाल धामी)
Assistant Professor
Department of Pharmacology
Nepalgunj Medical College Teaching Hospital
Basic Medical Sciences,Chisapani, Banke,Nepal
Email: drddhami@gmail.com