इनफ इज इनफका अभियन्ता ईः आइतबार अनशन तोड्दै


लेखापढी      २४ श्रावण २०७७, शनिबार २२:००

इनफ इज इनफका अभियन्ता ईः आइतबार अनशन तोड्दै

इनफ इज इनफका अभियन्ता ईः आइतबार अनशन तोड्ने भएका छन् । इनफ इज इनफका प्रायजसाे सबै मागहरू पुरा गर्न सरकार तयार रहेकाेले अनशन ताेड्न लागिएकाे बताएका हुन । 

आइतबार बिहान  ईः उपचाररत मण्डिखाटारस्थित हृयाम्स अस्पतालमा स्वास्थ्य मन्त्रालय र ‘इनफ इज इनफ’का प्रतिनिधिबीच अाैपचारिक रूपमा सम्झौतापत्रमा हस्ताक्षर हुँदैछ ।

सत प्रतिशत पिसिआर, सरकारले कोरोना रोकथामका लागि गरेको खर्चबारे सबै जानकारी पाउनुपर्ने लगायत माग राखेर २२ दिनअघिदेखि अभियन्ता अनशनरत थिए। यसअघि पनि सरकारसँग अभियन्ताहरुले संवाद गरे पनि आफ्नो अडान कायमै राख्दै आएका थिए ।

यो ईःको दोस्रो अनसन हो । यसअघि पनि उनी यस्तै माग राखेर पाटन दरबार स्क्वायरमा अनसनमा थिए ।