उपत्यकामा थप ६२ जनासहित ३७८ जनामा काेराेना संक्रमण पु्ष्टि, थप तीन जनाकाे मृत्यु


लेखापढी      २४ श्रावण २०७७, शनिबार १७:५१

उपत्यकामा थप ६२ जनासहित ३७८ जनामा काेराेना संक्रमण पु्ष्टि, थप तीन जनाकाे मृत्यु

२४ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा शनिबार उपत्यकामा थप ६२ जना सहित ३७८ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको र तीन जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। देशभरका प्रयोगशालामा ७ हजार ७८८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमणको पुष्टि भएको हाे । 

काठमाडौं उपत्यकामा मात्र ६२ जना संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौं जिल्लामा मात्र ५६ जना छन् । ललितपुर र भक्तपुरमा ३र३ जना थपिएका छन् । यस्तै पर्साका ५५, बाँकेका ४९, मोरङका ३७, सर्लाहीका ३६, धनुषाका २०, महोत्तरीका १७, बाग्लुङका १३, सुनसरीका १०, काभ्रे, स्याङ्जा र बाराका ७र७ जना तथा मकवानपुरका ६ जनमा संक्रमण पुष्टि भएको छ ।

यो वृद्धिसँग कोभिड-१९ पुष्टि भएका व्यक्तिहरूको कुल सङ्ख्या २२, ५९२ पुगेको छ।

अहिलेसम्म कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु हुने सङ्क्रमितको आधिकारिक सङ्ख्या ७३ पुगेको मन्त्रालयको तथ्याङ्कले देखाउँछ। अहिले मृत्यु पुष्टि भएका व्यक्तिहरू पर्सा, मोरङ र काठमाडाैंका हुन् । उनीहरूमध्ये एक महिला र दुई पुरुष छन्। उनीहरूको साउन २३ गते अस्पतालमा निधन भएको हो । एजेन्सी