भगवान श्रीरामको जन्मभूमि नेपालमै भएको प्रधानमन्त्रीको अडान यथावतः अयोध्यापूरीमा वृहत धाम र राममन्दिर बनाउनुस्


लेखापढी      २४ श्रावण २०७७, शनिबार २१:३८

भगवान श्रीरामको जन्मभूमि नेपालमै भएको प्रधानमन्त्रीको अडान यथावतः अयोध्यापूरीमा वृहत धाम र राममन्दिर बनाउनुस्

काठमाडौं, २४ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान श्रीरामको जन्मभूमि नेपालमै भएको आफ्नो अडान दोहोर्याउँदै माडिका जनप्रतिनिधिहरूलाई चितवनको माडीस्थित् अयोध्यापूरीमा वृहत धाम र राममन्दिर बनाउन निर्देशन दिएका छन्।

माडी नगरपालिकाका मेयर ठाकुर प्रसाद ढकाललगायत स्थानीय जनप्रतिनिधिसँग बालुवाटारमा शनिबार साँझ भएको करिब दुई घण्टा लामो भेटघाटमा प्रधानमन्त्री ओलीले रामको जन्मभूमी माडीको अयोध्यामै पर्ने दोहोर्‍याउँदै रामनवमीमा भव्य मेलाको तयारी गर्न निर्देशन दिएको त्यहाँ सहभागी एकले बताए।

चितवनको माडीस्थित् अयोध्यापूरी नै भगवान रामको वास्तविक जन्मभूमि भएको दोहोर्‍याउँदै उनले आवश्यक खर्च सरकारले बेहोर्ने भन्दै यसलाई धामको रुपमा विकास गर्ने विस्तृत गुरुयोजना बनाएर अघि बढ्न माडी नगरपालिकालाई निर्देशन दिएका हुन्।

प्रधानमन्त्री ओलीले माडी नगरपालिकाको नाम परिर्वतन गरेर अयोध्यापुरी राख्नसमेत सुझाएका छन् । नगरसभामा सहमति जुट्छ भने नाम पनि फेर्न सुझाएको ढकालले स्वीकार गरे ।