अमेरिकामा टिकटक र वीच्याटलाई प्रतिवन्ध लगाउने कार्यकारी आदेशमा ट्रम्पले गरे हस्ताक्षर


लेखापढी      २३ श्रावण २०७७, शुक्रबार १२:५९

अमेरिकामा टिकटक र वीच्याटलाई प्रतिवन्ध लगाउने कार्यकारी आदेशमा ट्रम्पले गरे हस्ताक्षर

अमेरिकाका चिनियाँ एप टिकटक र वीच्याटलाई प्रतिबन्ध लगाउने लक्ष्यसहित ल्याइएका दुईवटा कार्यकारी आदेशमा राष्ट्रपति डोनल्ड ट्रम्पले हस्ताक्षर गरेका छन्।

अमेरिकाका राष्ट्रपछि डोनल्ड ट्रम्पले सामाजिक सञ्जाल एपहरू टिकटक र वीच्याटलाई तिनको चिनियाँ कम्पनीले ४५ दिनभित्र नबेचेमा प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।अबकाे ४५ दिनमा ती आदेशहरू लागु हुँदा सबै अमेरिकी कम्पनीले ती चिनियाँ एप सञ्चालन गर्ने कम्पनीसँग आफ्नो कारोबार बन्द गर्नुपर्नेछ।

ट्रम्पले अमरिकाको राष्ट्रिय सुरक्षाका लागि त्यसो गर्नु आवश्यक भएको दाबी गरेका छन्। ट्रम्पले चीनमा विकसित र चिनियाँ कम्पनीको स्वामित्वमा भएका मोबाइल एपहरू अमेरिकामा फैलिँदा अमेरिकी राष्ट्रिय सुरक्षा, विदेशनीति र अर्थतन्त्रलाई निरन्तर खतरा भइराख्छ भनेकाे छन् । 

अमेरिकी कम्पनी माइक्रोसफ्टले माइक्रोसफ्टले टिकटक किन्नका लागि कोशिश गरिरहेको छ । माइक्रोसफ्टले  अमेरिकामा सञ्चालन गर्नेगरी टिकटक किन्न वार्ता गरिरहेका बेला यो निर्णय भएको हो।  

एजेन्सी