महशुस – एकपटक अवश्यक पढ्नुहाेला !!


लेखापढी      २३ श्रावण २०७७, शुक्रबार १५:०२

महशुस – एकपटक अवश्यक पढ्नुहाेला !!

धेरै पहिलेको कुरा हो, म सानो थिए । हाम्रो घर नजिकै केहि पर एक गरिब परिवार बस्थे । 

एक दिन मेरो हजुरआमा ति छिमेकीको घरमा गएर नुन पैचो माग्दै गरेको देखे । म आश्चर्य परे !! किनभने हाम्रो घरमा नुन छँदै थियो ।

तर पनि हजुरआमा त्यहाँ गएर नुन माग्दै हुनुहुन्थ्यो…. केहि बेरमा नुन लिएर घरमा फर्किनु भयो ।
मैले हजुरआमा सँग सोधे- हामी सँग नुन छदै छ तर पनि किन नुन माग्न जानुभयो ।

"मैले नुन माग्दा हामीलाई पनि उनीहरुको सहयोग चाहिन्छ भन्ने महसुस गराउन खोजेको हो ताकी हामिसँग भएको हरेक कुरा निर्धक्क माग्न     सकुन |"  सधै उनीहरुलाई माग्न अप्ठ्यारो नलागोस भनेर नै म पनि माग्न गएकी हुँ  |
हजुरआमाले जवाफ दिनुभयो – उनीहरु सधै हामि सँग केहि न केहि माग्न आएका हुन्छन ।
हिजो खाना नपुगेर आफ्ना नानीहरुलाई अलि-अलि खुवाएर आफु भोकै सुतेका रहेछन । सधै माग्न अप्ठ्यारो माने होलान ।
बिचरा धेरै गरिब छन र केहि दिन देखिको अविरल बर्षाले बाहिर काम पाएका छैनन ।

 हामी संग नुन नभएर नुन माग्न गएकी होइन ।
“मैले नुन माग्दा हामीलाई पनि उनीहरुको सहयोग चाहिन्छ भन्ने महसुस गराउन खोजेको हो, ताकी हामिसँग भएको हरेक कुरा निर्धक्क माग्न सकुन, आफ्नो दु:ख निर्धक्क भन्न सकुन ।”  सधै उनीहरुलाई माग्न अप्ठ्यारो नलागोस भनेर नै म पनि माग्न गएकी हुँ  |

“गरिब होस वा धनि एक अर्काका परिपुरक हुन सक्नुपर्दछ” पिडाको मौनता बुझ्न सक्नु ठुलो मानबिय धर्म पनि हो  । आत्मिय ब्यबहारले नै हामि बिचको दुरी घटाउछ।


~ डी. चन्द ठकुरी
बेदकोट-३
सुदुरपस्चिम नेपाल


तपाईहरुका प्रतिभा एवम् रचना हामीलाई लेखी पठाउने ठेगाना: lekhapadhee@gmail.com


निरन्तर प्रयास नै सफलता हो – कसरी सफल भइन्छ, पढ्ने हाे की !

निरन्तर प्रयास नै सफलता हो – कसरी सफल भइन्छ, पढ्ने हाे की !

समस्या मलाई मात्र किन ? (एकपटक अवश्य पढाैं)

निरन्तर प्रयास नै सफलता हो – कसरी सफल भइन्छ, पढ्ने हाे की !

समस्या मलाई मात्र किन ? (एकपटक अवश्य पढाैं)

बहुमुल्य जीवन (एकपटक सबैले पढाैं)

निरन्तर प्रयास नै सफलता हो – कसरी सफल भइन्छ, पढ्ने हाे की !