प्रधानमन्त्री केपी ओलीको पिसिआर रिपोर्ट नेगेटिभ


लेखापढी      २३ श्रावण २०७७, शुक्रबार २२:२४

प्रधानमन्त्री केपी ओलीको पिसिआर रिपोर्ट नेगेटिभ

काठमाडौं-  प्रधानमन्त्री केपी शर्मा ओलीकाे स्वाब परीक्षणको पिसिआर रिपाेर्ट नेगेटिभ आएकाे छ ।प्रधानमन्त्री ओलीको सहभागिता रहेको कार्यक्रममा सामेल प्रदेश–२ का कानुनमन्त्री ज्ञानेन्द्र यादवमा कोरोना संक्रमण भेटिएपछि प्रधानमन्त्रीको कोरोना परीक्षण गरिएको हो ।

प्रधानमन्त्री ओलीसहित नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, कानुनमन्त्री डा. शिवमाया तुम्बाहाम्फे, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, प्रधानमन्त्री प्रेस सल्लाहकार सूर्य थापा र इन्द्र भण्डारी गरी ७ जनाको स्वाब लिइएको थियो।

उनीहरू सबैको रिपोर्ट नेगेटिभ आएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले जानकारी दिएका हुन्।