उपत्यकामा थप १०६ जना सहित थप ४६४ जनामा कोरोना संक्रमण


लेखापढी      २३ श्रावण २०७७, शुक्रबार १७:२६

उपत्यकामा थप १०६ जना सहित थप ४६४ जनामा कोरोना संक्रमण

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट सुक्रबार काठमाडौं उपत्यमा १०६ जना सहित देशभर थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसै गरि नेपालमा कोरोनाभाइरसका कारण थप पाँच जनाको मृत्यु भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रवार अपराह्ण दिएको छ।

७ हजार ९ सय २६ पीसीआर परीक्षणमा ४ सय ६४ जनामा कोरोना संक्रमण देखिएको हो । नेपालमा कुल कोरोना संक्रमितको संख्या २२ हजार २१४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १०६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र ९२ जनामा संक्रमण पुष्टि भएको छ । ललितपुरमा १० र भक्तपुरमा ४ जनामा संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार अहिले पुष्टि भएका मृतकमध्ये तीन जना पर्सा जिल्लाका र दुई जना सिरहा जिल्लाका हुन्। सबै जना पुरुष हुन् । तीमध्ये दुई जनाको पाटनमा मृत्यु भएको हो।

लेखापढी एजेन्सी