एउटा गाउँमा एउटा किसान थियो । उसले गाईहरु पालेको थियो । उ आफ्ना उत्पादनहरु दुध, दहि घ्यू, मख्खन बजारमा लगेर बेचेर आय आर्जन गर्दथ्यो ।
एक दिन किसानकी पत्नीले घ्यू तयार गरेर आफ्ना श्रीमान्लाई बजारमा बेच्न जान भनि । त्यो बेच्नका लागि किसान बजार गयो । सहर पुगेपछि सधै विक्रि गर्ने पसमलमा गएर उसले घ्यू बेच्यो । र उसलाई आवश्यक पर्ने घरायसी सामान किनेर फर्कियो ।
किसान र त्यो पसलेकाबीच राम्रो सम्बन्ध थियो । उनीहरुको धेरै पटक किनबेच भइसकेको थियो । उसले आज किसानले ल्याएको घ्यू जोख्ने बिचार गर्यो । घ्यू तौल्दा सबै घ्यूहरुको बट्टामा ९०० ग्राम मात्र थियो जुन किसानले १ किलो भनेर बेचेको थियो ।
पसलेलाई साह्रै रिस उठ्यो । उ रिसले मुर्मुरिदै घोकेबाज बेइमान किसान भनेर कराउँदै गाली गर्न थाल्यो ।
अर्काे हप्ता फेरी किसान आफ्नो उत्पादन ल्याएर सहर आयो । उसले फेरी सधै जसो खरिद विक्रि गर्ने पसलमा गयो ।
पसलेले किसानलाई देखेर रिसले आगो भयो । पसलेले किसानलाई भन्यो “तीमि धेरै धोखेबाज र बेइमान रहेछौं अब देखि तिम्रो सामान म किन्ने वाला छैन । मेरो नजरबाट तिमी भागिहाल। “
किसान अचम्मित भयो । आँखिर किन किसानले यसो भनिरहेको छ । उसले पसलेलाई भन्यो “हेर, किन रिसाउँदछौं म गाउँको गरिब किसान हुँ । मैले आजसम्म बेइमान र धोका जानेको छैन । गरिब छौं तर आफ्नो इमान बेचेका छैंनौं ।”
पसलेले भन्यो “तिमिले ल्याएको घ्यू प्रत्येक डिब्बामा १०० ग्राम कमि छ, तिमि कसरी इमानदार भयौं त, झुटो बोल्ने ।”
किसानले भन्यो, “माफ गर्नुहोला महासय मसँग घरमा १ किलोको ढक छैन त्यसैले मैले तराजुमा तपाईँले नैं दिएको १ किलो चिनी बराबरको घ्यू नैं तौलेर तपाईँलाई नैं बेच्न ल्याएको हुँ ।”
पसले लाजले पसिना पसिना भयो र किसानसँग माफि माग्यो ।
लेखापढी बाल संसार
हामीलाइ यस्तै कथाहरू पठाउने ठेगानाः lekhapadhee@gmail.com