काेराेना महामारीमा माइतीघर जान नपाएकाे भावना गीत मार्फत प्रस्तुत


लेखापढी      २२ श्रावण २०७७, बिहीबार १५:०७

काेराेना महामारीमा माइतीघर जान नपाएकाे भावना गीत मार्फत प्रस्तुत

विश्वलाइ काेराेना महामारीबाट प्रभावित पारिरहेकाे वर्तमान परिवेशमा गायिका सुमित्रा गाैतमले तीज गीत मार्फत माइत जान नपाएकाे भावना “तीजले सम्झायाे माइतीघर” बाेलकाे गीत मार्फत प्रस्तुत गरेकी छिन ।

काेराेना महामारीकाे परिवेशमा कलाकारहरूले विभिन्न गीत संगीतहरू मार्फत जनचेतना र भावनाहरू प्रस्तुत गरिरहेका छन् । यसै सन्दर्भमा तीजकाे समयमा महामारीका कारण माइत जान नपाएकाे पिडा यस गितमा प्रस्तुत गरिएकाे हाे । वर्ल्डकभर मिडियाद्वारा दुर्योधन बस्नेतको शब्दरचना, सुरेश शाहीको सङ्गीत तथा सङ्गीत संयोजन रहेको यस गीतमा सुमित्रा गौतमले स्वर दिएकी छिन् ।

सुमित्रा गाैतमकाे तीज आयो सम्झायाे माइतिघर बाेलकाे गीत सार्वजनिक

तीज महिलाहरूकाे विशेष पर्व हाे । विशेषत यस पर्वमा महिलाहरू वर्त वस्ने, माइतिघर जाने र गीत, संगीत र नृत्यका माध्यमबाट मनाेरञ्जन गर्ने गर्दछन । हरेक वर्षहरू जस्तै यस वर्ष पनि तिज अाएकाे छ । अन्य वर्षहरूमा अन्य विविध कारणले कतिपय महिलाहरू अाफ्नाे माइतिघर जान नपाइरहेका हुन्छ्न तर यस वर्ष काेराेना महामारीका कारणले समेत माइतीघर जान प्रभावित भएका छन् । यसैकाे मूल मर्म र तीजले सम्झाएकाे माइतीघर यस गीतमा समेटिएकाे छ ।

गीतकारकाे उत्कृष्ठ रचना, गायिकाकाे सुमुधुर स्वर र संगीतकारकाे उत्कृष्ठ संगीत रहेकाे गीतकाे भिडियाे पक्ष समेत उत्कृष्ठ रहेकाे छ । मानवीय भावनालाइ गीत संगीतका माध्यमबाट प्रस्तुत गर्दै मनाेरञ्जनकाे उत्कृष्ठ उपहारकाे रूपमा यस गीतलाइ लिन सकिन्छ ।

लेखापढी www.lekhapadhee.com
lekhapadhee@gmail.com