नेपालमा एकै दिन सर्वाधिक ५ जनाको काेराेनाभाइरसका कारण मृत्यु पुष्टि, थप ३६० जनामा सङ्क्रमण


लेखापढी      २२ श्रावण २०७७, बिहीबार १७:०२

नेपालमा एकै दिन सर्वाधिक ५ जनाको काेराेनाभाइरसका कारण  मृत्यु पुष्टि, थप ३६० जनामा  सङ्क्रमण

नेपालमा बिहिबार कोरोनाभाइरसका कारण पाँच जनाको मृत्यू भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीवार अपराह्ण दिएको छ। याे हालसम्मकाे सर्वाधिक एकैदिन मृत्यु भएकाे पुष्टि भएकाे हाे । नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ६५ पुगेको छ । पछिल्लो समयमा मोरङ, पर्सा, सर्लाही, धनुषा, सप्तरी जिल्लामा मृतक थपिसँगै ६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबारी जानकारी गराएको हो ।

काठमाडौं उपत्यकामा ८७ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । बितेको २४ घण्टामा गरिएको परीक्षणमा काठमाडौंमा ७६ भक्तपुरका १ र ललितपुरमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

बिहीवार पुष्टि भएका पाँच मृतकहरूमा यस प्रकार छन

१. मोरङ्गको रङ्गेली नगरपालिकाका ४५ वर्षीय पुरुषको बुधवार कोशी अस्पतालमा ज्वरो र श्वासप्रश्वासमा समस्या भई ल्याउँदा मृत्यु भएको हो।

२. मोरङ्गकै विराटनगर महानगरपालिकाका मधुमेह तथा मिर्गौलाको दीर्घरोगी ४५ वर्षीय पुरुषको बुधवार मृत्यु भएको र मृत्युपछि परीक्षणमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको हो।

३. सर्लाही जिल्ला मलंगवा नगरपालिकाका ६५ वर्षीया महिलाको काठमाडाैंमा बुधवार मृत्यु भएको हो। उनको भेन्टिलेटरमा उपचार भइरहेको थियो।

४. धनुषाको जिल्ला मिथिला नगरपालिकाका ७२ वर्षीया महिलाको काठमाण्डूमा गत शनिवार मृत्यु भएको थियो। उनमा दम, उच्च रक्तचाप र मधुमेहको बिरामी रहेकी बताइएको छ।

५. सप्तरी जिल्लाको रुपनि नगरपालिकाकी ४२ वर्षीय पुरुषको बुधवार राजविराजबाट धरान थप उपचारका लागि लग्दै गर्दा मृत्यु भएको हो। उनी डेढ महिना पहिले मलेशियाबाट फर्केको र घरमै क्वारन्टीनमा बसेको बताइएको छ।

लेखापढीः विविसि लगायतका समाचार एजेन्सी