भारतीय नायक समिर शर्माले गरे आत्महत्या


लेखापढी      २२ श्रावण २०७७, बिहीबार १६:३३

भारतीय नायक समिर शर्माले गरे आत्महत्या

एजेन्सी | भारतीय ४४ बर्षीय नायक समिर शर्माले गत राति आफ्नो भान्छा कोठाको सिलिङ्गमा झुण्डीएर आत्महत्या गरेका हुन् |

उनको शब एक जना चौकीदारले देखेर पुलिसलाई खबर गरेका थिए | त्यहा कुनै सुसाइड नोट फेला नपरेको भनिएको छ |

समिर भारतीय टिभी सिरियलहरुमा चर्चित कलाकार थिए | ऊनले हिन्दी टेलीसिरियल “दिल क्या चाहता है” मा नितिनको भूमिकामा थिए | अर्को चर्चित सिरियल “कहानी घर- घरकि” मा कृष्ण अग्रवालको भूमिकामा थिए साथै पछिल्लो पटक “ये रिस्ता है प्यार का” सिरियलमा सौर्या महेश्वरी को भूमिका मा अभिनय गर्दै थिए |

नया दिल्लीमा जन्मेका समिर हिन्दि टिभी सिरियलहरुमा खुब चर्चित भूमिकामा रहने गरेका थिए | एक नब उदयमान युवा अभिनेताको आत्महत्याले फेरी भारतीय चलचित्र क्षेत्रमा उदासिन छाउने देखिन्छ |