बेइरुतमा ठूलो विस्फोटमा परि मृत्यु हुनेकाे संख्या १३५ पुग्याे, बन्दरगाहका अधिकारीहरू नजरबन्दमा, उद्धार कार्य जारी


लेखापढी      २२ श्रावण २०७७, बिहीबार १२:११

बेइरुतमा ठूलो विस्फोटमा परि मृत्यु हुनेकाे  संख्या १३५ पुग्याे, बन्दरगाहका अधिकारीहरू नजरबन्दमा, उद्धार कार्य जारी

लेबनानकाे राजधानी बेइरुतमा मंगलबार भएको ठूलो विस्फोटमा कम्तीमा १३५ जनाले ज्यान गुमाएका छन् भने घाइतेको सङ्ख्या ४ हजार भन्दा बढी छ। विष्फाेटकाे अनुसन्धान सुरु गर्नुअघि राजधानी शहरको उक्त बन्दरगाहका केही अधिकारीहरूलाई उनीहरूकै निवासमा नजरबन्दमा राखिएको लेबनन सरकारले जनाएको छ।

उक्त विष्फाेटबारे राष्ट्रपति मीसेल आउनले असुरक्षित रूपमा राखिएको २,७५० टन अमोनियम नाइट्रेटका कारण विस्फोटन भएको बताएका छन्।


भन्सार प्रमुख बद्रि दाहेरले आफ्नो निकायले उक्त रसायन हटाउन भनेको तर ूत्यस्तो नभएकोू बताएका छन्। विस्फोटनको कारण पत्ता लगाउने कार्य हामी विज्ञहरूमा छोड्छौ, उनले भने।

विस्फोट हुन सक्ने गुण भएको रसायन अमोनियम नाइट्रेट कृषि क्षेत्रमा मलका रूपमा समेत प्रयोग गरिन्छ। बुधवार मन्त्रिपरिषद्को आपतकालिन बैठकमा राष्ट्रपति आउनले बेइरुतमा अघिल्लो रातको आतङ्क शब्दमा बयान गर्न नसकिने बताएका छन्।

लेखापढीः विविसी नेपालीकाे सहयाेगमा