प्रहरी मुख्यालयमा थप १० र अख्तियारका थप २० कर्मचारीमा काेराेना संक्रमण


लेखापढी      २२ श्रावण २०७७, बिहीबार १६:०७

प्रहरी मुख्यालयमा थप १० र अख्तियारका थप २०  कर्मचारीमा काेराेना संक्रमण

प्रहरी मुख्यालयमा थप १० जना प्रहरी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा थप २० कर्मचारीमा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत थप १० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै प्रहरी हेडक्वार्टरमा संक्रमित हुनेकाे संख्या ८५ पुगेको छ । प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कठायतले बिहीबार १० जनामा कोरोना भाइरस पोजेटिभ देखिएको पुष्टि गर्दै संक्रमितलाई सशस्त्र प्रहरी बलको अस्पताल बलम्बु लगिएको बताउनु भएकाे छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका थप २२ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा काेराेना संक्रमण हुनेकाे संख्या ३७ जना पुगेकाे छ । मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा १५ जनालाइ काेराेना संक्रमण पुष्टि भएकाे थियाे । उनीहरु कुन शाखामा काम गर्ने कस्ता जनशक्ति हुन् भन्ने खुलाइएको छैन । गत मंगलबार आयोगका १५ जना कर्मचारीलाई कोरोना संक्रमण भएपछि थप १ सय जनाको स्वाव लिएर परिक्षण गर्दा संक्रमितको संख्या बढेको हो ।