शिक्षक सेवा आयाेगबाट सञ्चालन गरिने परिक्षाका लागि विज्ञ सूची दर्ताका लागि सूचना प्रकाशन


लेखापढी      २१ श्रावण २०७७, बुधबार १३:३४

शिक्षक सेवा आयाेगबाट सञ्चालन गरिने परिक्षाका लागि विज्ञ सूची दर्ताका लागि सूचना प्रकाशन

शिक्षक सेवा आयाेगले विज्ञ सूची पेश गर्ने सम्बन्धी सूचना प्रकाशन गरेकाे छ ।

शिक्षक सेवा आयाेगबाट सञ्चालन गरिने विभिन्न तह र श्रेणीका खुला, आन्तरिक प्रतियाेगात्मक बढुवा र अध्यापन अनुमति परिक्षाकाे प्रश्नपत्र निर्माण, परिमार्जन तथा उत्तरपुस्तिका परिक्षण गर्ने प्रयाेजनका लागि विज्ञहरूकाे सूची अद्यावधिक गर्न शिक्षक सेवा आयाेगले सूचना प्रकाशन गरेकाे हाे ।

विज्ञकाे रूपमा सूची पेश गर्नका लागि आवश्यक न्युनतम याेग्यता शिक्षा विषयमा स्नातकाेत्तर उतिर्ण गरेकाे, संघ संस्थामा ३ वर्षसम्म अधिकृत स्तरमा सेवा गरेकाे, विश्व विद्यालयमा उपप्राध्यापक, उल्लेखित याेग्यता भएकाे अवकास प्राप्त हुनु पर्ने उल्लेख गरिएकाे छ ।

फाराम निम्नानुसार रहेकाे छ ।

http://www.tsc.gov.np/doc/

लेखापढी