उपत्यकामा भोलिदेखि फेरि सवारीमा जोर विजोर लागू, राति हिँडडुल गर्न रोक


लेखापढी      २१ श्रावण २०७७, बुधबार २३:२४

उपत्यकामा भोलिदेखि फेरि सवारीमा जोर विजोर लागू, राति हिँडडुल गर्न रोक

काठमाडाैं । भोलि बिहीबारदेखि काठमाडौं उपत्यकामा चल्ने सवारीसाधनमा जोर/बिजोर प्रणाली लागू हुने भएको छ । कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएपछि जोखिम न्यूनीकरणका लागि भन्दै सरकारले फेरि जोरबिजोर प्रणाली जागू गर्ने निर्णय गरेको हो । 

उनका अनुसार काठमाडौं उपत्यकाका तीनवटै जिल्ला  र उपत्यकाबाहिर २०० जनाभन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा जोर विजोर लागू हुनेछ ।

भोलिदेखि अत्यावश्यकबाहेक सम्पूर्ण सवारीसाधनमा जोर/बिजोर प्रणाली लागू हुनेछ जोर गतेका दिन जोर नम्बर प्लेटका सवारीसाधन र विजोर गतेका दिन विजोर नम्बरका सवारीसाधान चलाउनुपर्ने छ ।

यसैगरी सरकारले राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको छ । कोरोना भाइरसको बढ्दो संक्रमणलाई लक्षित गरेर बिहीबारदेखि लागू हुने गरी यो निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ ।