यूपीमा मास्क नलगाएकोमा बाख्रा पक्राऊ


लेखापढी      २० श्रावण २०७७, मंगलवार १३:१५

यूपीमा मास्क नलगाएकोमा बाख्रा पक्राऊ

कानपुर । भारतकाे उत्तर प्रदेशमा एउटा अनौठो घटना भयाे र देखियो । कानपुर प्रहरीले बेकनगंज क्षेत्रमा घुमिरहेकाे बोकालाई पक्राउ गरेको थियो, किन भने उक्त बाेकाले मास्क लगाएकाे थिएन् । यो घटना सप्ताहन्तमा भएको थियो, जहाँ बेकनगंज पुलिसले बाख्रालाई उठायो र एउटा जीपमा पुलिस स्टेशन लग्यो ।

जब बाख्राको मालिकले याे थाहा पाए पछि उनी पुलिस स्टेशन पुगे ।

बाख्राको मालिकले पुलिसलाई बिन्ती गर्यो र अन्तमा पुलिसले त्यो बाख्रालाई छोडिदियाे भन्यो र अबदेखि जनावरलाई सडकमा छाडा नछाेड ।

पुलिस अफिसर अनवरगंज पुलिस स्टेशन सैफुद्दीन बेग भने कि पुलिसले एक जना युवकलाई बिना मास्कको भेटे र बाख्रालाई लिएर आए ।

उनले भने, “जब उक्त युवकलाई पुलिसले कुनै मास्क बिना देख्यो, तब ऊ बाख्रा छोडेर भाग्याे। पुलिसले बाख्रालाई पुलिस स्टेशनमा पुर्याए। पछि हामीले त्यो बोका त्यसको मालिकलाई हस्तान्तरण गर्यौं।”

बाख्रा ल्याउने एक जना पुलिसले बाख्रालाई बन्दाबन्दीकाे उल्लंघनमा पक्राउ गरेको कुरा स्वीकारे। किनकि उसले मास्क लगाएको थिएन।

उनले भने, “मान्छेहरूले अब कुकुरलाई मास्क लगाइरहेका छन्, त्यसोभए बाख्रा किन नलगाउने ।”

यद्यपि, सोशल मीडियामा मजाक बनाउन थालेपछि पुलिसले अाफ्नाे बयान बदलेका छन् ।

आईएनएस । साभार: https://www.khaskhabar.com