युट्युब ट्रेन्डिङको नम्बर एकमा प्रकाश सपुतको नयाँ गीत बदला बरीलै


लेखापढी      २० श्रावण २०७७, मंगलवार २२:४०

युट्युब ट्रेन्डिङको नम्बर एकमा प्रकाश सपुतको नयाँ गीत बदला बरीलै

बलात्कृत चेलीको बेदना र विद्रोह झल्काउने तीज गीत ‘बदला बरीलै’ युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा उक्लेको छ।

देवी घर्तीको आवाजमा समावेश यो गीतमा प्रकाशको शब्द तथा संगीत छ । यो गीतले विशेषगरि, समाजमा बढ्दो बलात्कारको घटनाविरुद्ध आवाज बोलेको छ । तर, गीतका शब्द, देवीको स्वर र यसको संगीत निकै नै मर्मस्पर्शी छ । यसले, प्रकाश सपुतलाई नेपाली सांगीतिक क्षेत्रमा नयाँ उचाई प्रदान गर्ने निश्चित छ ।

भिडियो निर्देशन पनि सपुतले गरेका हुन्। भिडियोमा नायिका केकी अधिकारी र धु्रव कोइरालाको मुख्य अभिनय छ।

“बदला बरिलै” महिलाको आवाजको रुपमा प्रस्तुत गरिएको छ जसमा समाजमा भएको छोरा छोरी बीचको भेदभाव, ठुला राजनीतिक पहुँच भएका सत्तामा रहेका पात्र तथा त्यसैको घमण्डमा गरिने बलात्कार जस्तो अपराधको विषयमा गीतको म्युजिक भिडियो केन्द्रित रहेको छ।