मलेसियामा नेपाली सुरक्षा गार्ड कुट्ने व्यक्ति पनि नेपालीः पिट्ने सुपरभाइजर प्रहरी नियन्त्रणमा


लेखापढी      २० श्रावण २०७७, मंगलवार २२:२८

मलेसियामा नेपाली सुरक्षा गार्ड कुट्ने व्यक्ति पनि नेपालीः पिट्ने सुपरभाइजर प्रहरी नियन्त्रणमा

काठमाडौ । मलेसियामा कार्यरत एक जना नेपाली सेक्युरिटी गार्डलाई कुटपिट गरेको भिडियो पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल भयो। भिडियो सार्वजनिक भएपछि क्वालालम्पुरस्थित नेपाली राजदूतावासले चासो दियो।

उक्त भिडियोमा नेपाली सुरक्षागार्डमाथि लठ्ठीले कुट्नेको पहिचान भएको छ । सुरक्षा गार्डलाई कुटपिट गर्ने उक्त व्यक्ति पनि नेपालीनै भएको मलेसियास्थित नेपाली दूतावासले पुष्टि गरेको छ।

मलेसियामा नेपाली सुरक्षागार्डलाई अमानवीय हिसाबले कुटपिट गर्ने कपिलवस्तुका रामगोपाल मुराऊले सोमबार प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । उनले गत असार २३ गते क्वालालम्पुरस्थित एमथ्री मलमा ड्युटी गरिरहेका नवलपरासीका इस्लाम हुसेनमाथि कुटपिट गरेका थिए ।

दूतावासका अनुसार दुवैजना गैरकानुनी हैसियतमा मलेसियामा बसेका छन् । दुवैको आवासीय भिसाको म्याद सकिएको छ । पीडितलाई दूतावासले संरक्षण दिएर राखिएको छ ।

एजेन्सीका सहयाेगमा