ट्रिनिडाड एन्ड टोबागोमा सन्दीप लामिछाने १४ दिनको क्वारेन्टिनमा


लेखापढी      २० श्रावण २०७७, मंगलवार १८:४०

ट्रिनिडाड एन्ड टोबागोमा सन्दीप लामिछाने १४ दिनको क्वारेन्टिनमा

क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्नका लागि ट्रिनिडाड एन्ड टोबागो पुगेका नेपाली युवा क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई १४ दिनको क्वारेन्टिनमा राखिएको छ। सीपीएल खेल्ने सन्दीपलगायत सम्पूर्ण खेलाडीलाई आइतबारदेखि क्वारेन्टिनमा राखिएको हो ।

सीपीएल आगामी भदौ २ गतेदेखि सुरु हुँदैछ ।

सबै खेलाडिले आफ्नो पीसीआर परीक्षणसमेत गराउनु पर्ने र पीसीआर परीक्षणपछि मात्र त्यसको नतिजा हेरेर सीपीएल खेल्न पाइने नियम रहेकाे छ ।

सन्दीप सीपीएलका लागि यस पटक जमैका तल्लावाहजमा आबद्ध छन्। उनलाई जमैकाले ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो।

यसपटक सन्दीपको टोलीमा विश्व क्रिकेटका प्रख्यात खेलाडी आन्द्रे रसेल, कार्लोस ब्रेथवेट, तरबेज शाम्सी, ओशन थोमसलगायत छन्। उनी आबद्ध जमैका तलावाजले आगामी भदौ ३ गते सेन्ट लुसिया जौक्ससित खेल्नेछ ।