कार्टुनमा अबाेध शिशु फालेर लुट धन्दाः केयर बालगृहकी संस्थापक पुष्पा अधिकारीकाे कर्तुतकाे पर्दाफास


लेखापढी      २० श्रावण २०७७, मंगलवार १८:५९

कार्टुनमा अबाेध शिशु फालेर लुट धन्दाः  केयर बालगृहकी संस्थापक पुष्पा अधिकारीकाे कर्तुतकाे पर्दाफास

काठमाडौंकाे कपनस्थित आकाशेधाराको चौरमा केही दिन अघि  बिस्कुटकाे कार्टुनमा एउटा अबाेध बच्चा भेटिएकाे समाचारले सामाजिक सञ्जालमा निक्कै चर्चा पाएकाे थियाे ।

याे खबर सनसनीमात्रै फैलिएन, शिशुलाई देखाएर पैसा जम्मा गर्ने केयर होमकी सञ्चालकसँग पैसा फिर्ता लिन जानेको उत्तिकै भिड लागेको थियाे । उक्त बच्चा आफुले भेट्टाएको दाबि गर्दै आएकी केयर बालगृहका संस्थापक पुष्पा अधिकारीलाई युट्युबमा अन्तर्वार्ता दिन भ्याई नभ्याई नै भयो।

तर अबोध शिशुलाई देखाएर पैसा कमाउने अस्त्र बनाएकी अधिकारीको नाटक मञ्चन धेरै दिन भने टिक्न पाएन र सबै वास्तविकता सार्वजनिक भएको छ । केयर बालगृहको सम्पर्कमा वैदेशिक रोजगारीबाट आएकी शिशुकी आमा र संस्थापक पुष्पा अधिकारीको मिलेमतोमा पैसा लुट्न बच्चालाई कार्टुनमा राखेर उद्दारको नाटक गरेको कुरा छताछुल्ल भएको हो।

विदेशबाट फर्किएकी एक महिलाले जन्माएको उक्त शिशु बालगृहकी सञ्चालिका पुष्पा अधिकारीकै योजनामा चौरमा फ्याकिएको र योजना खुल्ने त्रासले अहिले बालिकालाई उनकी आमाले फिर्ता लगेकी छन ।

प्रहरीले बालिकाकी आमा र बालगृहकी सञ्चालिकालाई नियन्त्रणमा लिएर यसको अनुसन्धान गरिरहेको छ । अहिले बालिका र उनकी आमा एउटा सामाजिक संस्थाको आश्रयमा छन ।

https://www.facebook.com/watch/?v=767087510498896