उपत्यकामा ६२ सहित थप २५९ जनामा कोरोनाभाइरस, एक जनाको मृत्यु, संक्रमितको संख्या २१ हजार ९ पुग्याे


लेखापढी      २० श्रावण २०७७, मंगलवार १९:३०

उपत्यकामा ६२ सहित थप २५९ जनामा कोरोनाभाइरस, एक जनाको मृत्यु, संक्रमितको संख्या २१ हजार ९ पुग्याे

काठमाडौं । पछिल्लो २४ घण्टामा मंगलबार उपत्यकामा ६२ जनामा सहित नेपालका विभिन्न स्थानमा थप २५९ जनामा कोभिड-१९ पुष्टि भएकाे छ भने एक जनाको मृत्यु भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मङ्गलवार अपराह्ण दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ९ पुगेको छ भने मृत्यु हुने सङ्क्रमितको आधिकारिक सङ्ख्या ५८ पुगेको छ।

उपत्यकामा संक्रमित हरू मध्ये काठमाडौंका ४८, भक्तपुरका १३ र ललितपुरका १ जना रहेका छन् । त्यसबाहेक सर्लाहीमा २६ जना, मोरङमा २३ जना, कैलालीमा २२ जना र महोत्तरीमा १५ जना थपिएका छन्।

मन्त्रालयका अनुसार मोरङ जिल्लाका ७५ वर्षीय पुरुषको साउन १९ गते मृत्यु भएको हो। ज्वरो र श्वासप्रश्वासको समस्या देखिएपछि उनी सोमवार बिहान कोशी अस्पतालमा भर्ना भएका थिए। ती व्यक्ति मधुमेह र उक्त रक्तचापबाट पनि पीडित भएको जनाइएको छ ।

एजेन्सीकाे सहयाेगमा