महानायक राजेश हमाल शोकमा: उहाका भाई राकेश हमालको निधन


लेखापढी      ७ श्रावण २०७७, बुधबार १७:०२

महानायक राजेश हमाल शोकमा: उहाका भाई राकेश हमालको निधन

काठमाडौँ ~ महानायक राजेश हमाल पारिवारिक शोकमा परेका छ । उहाका एक मात्र भाइ राकेश हमालको निधन भएको छ । राजेश हमाल भन्दा डेढ बर्ष कान्छा हुनु हुन्थ्यो ।

उहाका भाइ राकेशको कलेजोमा समस्या भएका कारण उपचार गर्न प्लेन चार्टर्ड गरेर नया दिल्ली अस्पताल लागिएको थियो । दिल्ली स्थित HAMS अस्पतालमा उपचारकै क्रममा निधन भएको जानकारी प्राप्त भएको छ । राकेशका श्रीमती र दुई छोराछोरी छन् । राजेशका दम्पती र राकेशको परिवार काठमाडौंमा एउटै घरमा बस्दै आएको जनाइएको छ । 

काठमाडौंमै रहेका अभिनेता राजेश हमाल भाइको शव दिल्लीबाट नेपाल ल्याउने कार्यमा लाग्नुभएको छ ।