फर्किएर हिड्यौ किन ?


लेखापढी      ५ श्रावण २०७७, सोमबार २२:३७

फर्किएर हिड्यौ किन ?

नजिक नआई टाढैबाट, तर्किएर हिड्यौ किन ?
मनको कुरा नभनेरै, फर्किएर हिड्यौ किन ?

त्यस्तो कुनै गल्ती सायद मैले गर्‍या छैन हुला,
तर तिमि भेट नहुदै, झर्किएर हिड्यौ किन ?

केहि भन्नु छ भने, नजिक आइ शुद्व भन,
नजिक हुदा रिसैरिसले, चर्किएर हिड्यौ किन ?

टाढा एक्लै टोलाउदा, याद बनि आइदिन्छौ,
बस्दा छेउ जहिलेपनी, सर्किएर हिड्यौ किन ?

फुलको चाह नहुदा त अङ्कुर अङकुराइ छाडयौ,
आज तिमि फुलको सुबास, छर्किएर हिड्यौ किन ?



अङ्कुर चन्द
कंचनपुर