इनफ इज इनफका इसान “ई” फेरी बसन्तपुरमा सत्याग्रह


इनफ इज इनफका इसान “ई” फेरी बसन्तपुरमा सत्याग्रह

काठमाडौँ |  सरकारले आफूहरुसँग भएको सहमति कार्यान्वयका लागि कुनै पहल नगरेको भन्दै ‘इनफ इज इनफ’ अभियानले पुनः सत्याग्रह थालेको छ।

सहमतिको १२ दिन बित्दा पनि स्वास्थ्य मन्त्रालयले सो कार्यान्वयनका लागि पहल नगरेकाले बाध्य भएर पुनः सत्याग्रह थालिएको अभियानले जनाएको छ।

स्वास्थ्य मन्त्रालय र इनफ इज इनफका सत्याग्रहीबिच १२ दिनअघि हप्तादिन भित्र सहमति कार्यान्वयन गर्ने गरी १२ बुँदै सम्झौता भएको थियो।

तर दोस्रो चरणको फलोअप बैठकपछि कार्यान्वयनका लागि पाँच दिनको समय थप गरिएको थियो। यो अविधिमा पनि केही पहल नभएको भन्दै अभियानले शनिबार दिउँसोदेखि काठमाडौँको बसन्तपुरमा पुनः सत्याग्रह हो।

इनफ इज इनफ अभियानले बसन्तपुरमा आम सत्याग्रहको घोषणा गरेको हो । अहिले अभियन्ता इशान अधिकारी (इ) सत्याग्रहमा छन्। अभियानले उनलाई साथ दिन चाहनेलाई सत्याग्रहमा बस्नका लागि आह्वान समेत गरेको छ।

सो अभियानले कोरोना भाइरस महामारी नियन्त्रणका लागि सरकारी प्रयास प्रभावकारी बनाउनु पर्ने, नागरिकको जीवन रक्षा गर्नु पर्ने, कोरोना भाइरसको परीक्षण शतप्रतिशत पीसीआर विधिबाट हुनु पर्नेसहितका माग राखेर आन्दोलन गरेका थिए। स्वास्थ्य मन्त्रालय र १२ दिनसम्म सत्याग्रहमा बसेका अभियन्ताबिच ती माग पूरा गर्नेबारे १२ बुँदे सहमति भएको थियो।

 9 total views

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •   
  •   
  •   
  •  
  •