पठाओ राइडरका सह-संस्थापक “फहिम सलेह”को हत्यारा पक्राउ परे


लेखापढी      ३ श्रावण २०७७, शनिबार ०१:२८

पठाओ राइडरका सह-संस्थापक “फहिम सलेह”को हत्यारा पक्राउ परे

एजेन्सी ।  ‘राइड सेयरिङ’ कम्पनी पठाओका सह–संस्थापक फहिम सलेहको अमेरिकामा हत्या भएको थियो ।

अनुसन्धानकै क्रममा शुक्रबार फहीम सलेहको काम गर्ने निजी सहयोगी  २१ वर्षीय “टिरेसा डेभोन हस्पिल” लाई फहिमको हत्यासहित अन्य अपराधको अभियोगमा पक्राउ गरिएको छ ।

अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार शुक्रबार पक्राउ परेका “टिरेसा डेभोन हस्पिल” ले फहिमको दसौं हजार डलर चोरी गरेको खुलेको छ। ‘यो कुरा थाहा पाए पनि फहिमले उजुरी गरेका थिएनन्। बरू उनले चोरिएको रकम चुक्ता गर्न समय दिएका थिए,’ ।

अनुसन्धानबाट फहिमको हत्या सोमबार नै भइसकेको पत्ता लागेको छ ।  हत्याराले उनकै क्रेडिट कार्ड प्रयोग गरेर होम डिपोबाट कार झिकाएका थिए।  त्यही कार प्रयोग गरेर उनले घटनास्थल सरसफाइ गर्न केही सामान किने। हत्यारा ती सामान लिएर भोलिपल्ट फहिमको अपार्टमेन्ट पुगे र उनको शव टुक्रा पारे। त्यही बेला फहिमकी बहिनी अपार्टमेन्टमा आएको चाल पाएपछि उनी पछाडिको ढोकाबाट फरार भएको प्रहरीले जनाएको छ।

न्युयोर्क न्यूयोर्क, म्यानह्याटन स्थित आफ्नै अपार्टमेन्टमा उनको शरीर टुक्रा–टुक्रा पारी प्लास्टिकको झोलामा राखेको अवस्थामा फेला परेको हो ।  टुक्रा टुक्रा पारिएको उनका हात, खुट्टा, टाउको नजिकै एउटा विद्युतीय करौंती समेत भेटिएको थियो । बंगलादेशी आप्रवासी सलेहको कम्पनी गोकाडाले उनको मृत्युको पुष्टि गरेको थियो।
सोमबार उनी मास्क लगाएका एक व्यक्तिसँग आफ्नो अपार्टमेन्टमा प्रवेश गरेको सीसीटीभी फुटेज प्राप्त भएको न्युयोर्क प्रहरीले जनाएको थियो ।

उनी अघिल्लो दिनदेखि सम्पर्क विहीन भएको कारण फहिमकि बहिनि उनलाई खोज्दै अपार्टमेन्ट पुगेकी थिइन्। त्यहाँ उनले फहिमको शव बिभत्स रूपले काटिएको अवस्थामा फेला पारिन्। शवका केही टुक्रा प्लास्टिकका ठूल्ठूला झोलामा पोका पारेर राखिएका थिए।

फहिम एक वर्षअघि मात्र उक्त अपार्टमेन्टमा बसाइसरेका थिए। बंगलादेशी आमाबुवाका छोरा फहिम सन् १९८६ मा साउदी अरबमा जन्मेका थिए। उनको परिवार पछि अमेरिका सरेको थियो। अमेरिकामै कम्प्युटर इन्जिनियरिङ पढेका उनले विद्यार्थी हुँदै विभिन्न कम्प्युटर एपहरू बनाएका थिए।

सन् २०१५ मा उनले दुई जना साथीहरूसँग मिलेर बंगलादेशमा राइड सेयरिङ कम्पनी पठाओ खोलेका थिए। पठाओ बंगलादेशमा निकै लोकप्रिय छ। त्यही नाममा नेपालमा पनि राइड सेयरिङ कम्पनी दर्ता भएको छ। पछिल्लो समय फहिमले अफ्रिकी मुलुक नाइजेरियामा ‘गोकाडा”( Gokada) नामक अर्को राइड सेयरिङ कम्पनी खोलेका थिए। गोकाडोका उनी सीईओ  थिए।