मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा रजिष्टार पदको लागि १९ जनाले आवेदन


लेखापढी      २ श्रावण २०७७, शुक्रबार १९:१५

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा रजिष्टार पदको लागि १९ जनाले आवेदन

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालय, सुर्खेतमा रिक्त रहेको रजिष्टार पदको लागि १९ जनाले आवेदन दिएका छन् । यहि असार २२ गते देखि २८ गते सम्म आवेदनको लागि समय तोकिएकोमा १९ जनाको आवेदन परेको विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले जानकारी दिनुभयो । 

‘आवेदनको लागि तोकिएको एक हप्ताको समय भित्र १९ जनाको आवेदन परेको छ।’ उहाँले भन्नुभयो, ‘दुई जनाको निर्धारित समय भन्दा ढिलो गरी आवेदन परेकाले त्यो रिजेक्ट गरिएको छ । अब बाँकी १९ जना भित्रबाट रजिष्टार छनोट प्रक्रिया अघि बढ्छ ।’

साथै उहाँले तीन सदस्यीय छनोट समिति गठन गरेर एक/दुई हप्तामा नयाँ रजिष्टार नियुक्त गरिने बताउनुभयो । छनोट समितिमा राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका व्याक्तित्वहरु रहने उहाँको भनाई छ । 

रजिष्टारको लागि पुर्व डिनदेखि विश्वविद्यालयकै सहप्राध्यापकहरुको आवेदन परेको छ। उपकुलपति सिंहले कर्णाली प्रदेश संगै अन्य प्रदेशबाट पनि रजिष्टारको लागि आवेदन परेको जानकारी दिनुभयो । 

विश्वविद्यालयका अनुसार सेवा आयोगका सदस्य प्रा डा केशरसिंह राना, पूर्व डिन प्रा डा दीपबहादुर रावल, पूर्व डिन एवं सह–प्राध्यापक अनन्तराज घिमिरे, प्रा डा नारायप्रसाद शर्मा, राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय कर्णाली प्रदेशका प्रमुख जीतबहादुर शाह, डा. बुद्धि सापकोटालगायतको रजिष्ट्रार पदका लागि आवेदन परेको छ ।