“हिमानी कोष” मार्फत पूर्ब युवराज्ञी हिमानी शाह द्वारा राहत सामग्री वितरण


लेखापढी      २ श्रावण २०७७, शुक्रबार ०१:५३

“हिमानी कोष” मार्फत पूर्ब युवराज्ञी हिमानी शाह द्वारा राहत सामग्री वितरण

काठमाडौँ । पूर्ब राजपरिवार द्वारा संचालित संस्था “हिमानी कोष” द्वारा बिहीबार विशेष कार्यक्रम गरी कोषका अध्यक्ष पूर्ब युवराज्ञी हिमानी शाह मार्फत सुरक्षात्मक स्वास्थ्य सामग्री तथा बाढी–पहिरो विपदका प्रभावितहरुलाई राहत सामग्री विभिन्न संस्था र समुदायका प्रतिनिधिहरुलाई हस्तान्तरण गरेको हो।
हिमानी कोषले छाउनीमा रहेको पञ्चकन्या स्कूलका विद्यार्थी, चितवनको चेपाङ्ग बस्ती, काठमाडौँका विभिन्न आश्रय गृहमा रहेका बालबालिकाका लागि खाद्यान्न सहितका अत्याबस्यक स्वास्थ्य सामग्री प्रदान गरेको हो । पूर्ब युवराज्ञी हिमानी शाहबाट डिस्इन्फेक्सन स्प्रे, पीपीई, वाटर फिल्टर, झुल, जीवनजल, साबुन, बालबालिकाका लागि लिटोसहितका सामग्री हस्तान्तरण गरेको छ ।

कार्यक्रममा आफ्नो कुरा राख्दै पूर्ब युवराज्ञी शाह भन्नु भएको छ -“लकडाउनकाे कारण पछिल्लो समय देशभर आत्महत्याका घटनाहरु बढेको सुनिएकाेले  सबैलाइ मानसिक स्वास्थ्यमा विशेष ख्याल राख्न र सकारात्मक रहन साथै कुनै पनि प्रकारको मनोसामाजिक समस्या देखिएमा वा आत्मबल कमजोर भएमा दक्ष मनोचिकित्सक संग समयमै परामर्श वा सहयोग लिन समेत आग्रह गर्नुभएको छ ।”

“हिमानी कोष” देशभर राहत वितरण गर्ने कार्यमा सदैब अग्रसर रहदै आएको साथै नेपाल सरकारको कोरोना राहत कोषमा समेत २ करोड सहयोग प्रदान गरेको थियो । 

 राहत वितरण कार्यक्रममा पूर्व अधिराजकुमारी प्रेरणा शाह, शीतास्मा शाह, कोषकी सदस्य सचिव रेशमा राणा, बोर्ड सदस्य डा. अपर्ना शाह सहित बिशेष पदाधिकारीहरूको उपस्थिति थियो ।