रमाउन थालेको छु


लेखापढी      २ श्रावण २०७७, शुक्रबार १३:०७

रमाउन थालेको छु

याद भुलाउँन गजल गीतमा, रमाउन थालेको छु !
मेरो हार तिम्रो जितमा,  रमाउन थालेको छु !!

छुटेर नै गएपनि , आखिर साथ हामी दुईको !
सम्झदै त्यो झुठो प्रितमा, रमाउन थालेको छु!!

चिताउँदिन कहिले पनि, कुभलो यो मनले कठै ! 
जयजय गर्दै तिम्रो हितमा, रमाउन थालेको छु !!

जस्तो लेखन बिधाताको , भोगाइ उस्तै भोग्नुपर्दा !
चल्दै आको त्यहीँ रितमा, रमाउन थालेको छु !!

चोटले मुटु दुखेपनि, लुकाइ आँशु आँखा भित्र !
बिहानिको टिलपिल शितमा, रमाउन थालेको छु!!



सुधा शाह
रुकुमकोट, रुकुम
हाल: नेपालगन्ज


“Thank you for your valuable time”
www.lekhapadhee.com
हजुरहरुका अमुल्य लेख- रचना हामीलाई इमेल गर्नुहोस :-  lekhapadhee@gmail.com