पशुपतिका पुजारी भट्ट हटाउने खबर झुटा: पशुपति विकास कोष


लेखापढी      १ श्रावण २०७७, बिहीबार १८:०९

पशुपतिका पुजारी भट्ट हटाउने खबर झुटा: पशुपति विकास कोष

पशुपति बिकास कोषले विज्ञप्ति जारी गर्दै पशुपतिमा कार्यरत भट्टहरूलाई हटाउने सोच नभएको प्रष्ट पारेको हो।

विभिन्न सञ्चार माध्यममा पशुपति विकास कोषले भट्टहरूलाई हटाउन लागेको भन्ने समाचारहरूको खण्डन गर्दै कोषले बिहीबार विज्ञप्ति जारी गरेको हो।

विज्ञप्तिमा भनिएको छ -‘नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पशुपति क्षेत्र विकास कोष कसैको पनि यस खालको सोच नरहेको जानकारी गराउन चाहन्छौं,’विज्ञप्तिमा भनिएको छ। नेपाल र भारतबीचको सम्बन्धलाई धुमिलो गर्न कतिपय शक्तिहरू सक्रिय रहेको भन्दै त्यस्ता भ्रामक समाचारका पछि नलाग्न कोषले आग्रह गरेको छ।

सदस्य सचिव प्रदीप ढकालद्वारा विज्ञप्तिमा भन्नु भएको छ -‘नेपाल र भारतबीच सदियौंदेखि जनस्तरसम्म धार्मिक, आध्यात्मिक, सामाजिक र साँस्कृतिक रूपमा रहेको प्रगाढ सम्बन्धलाई धुमिल गर्न कतिपय शक्तिहरू सक्रिय रहेको हुँदा त्यस्ता भ्रामक समाचारको पछाडि नलाग्न अनुरोध गर्दछु,’।