फेरी प्रम ओलीको राजिनामा माग: प्रचण्ड, नेपाल


लेखापढी      १ श्रावण २०७७, बिहीबार १६:१७

फेरी प्रम ओलीको राजिनामा माग: प्रचण्ड, नेपाल

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली, अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालबीचको भेटमा प्रचण्ड र माधब कुमार नेपालले यस्तो सुझाव दिएका हुन्। उक्त भेट कार्यक्रममा महासचिव विष्णु पौडेल समेत सहभागी थिए।

प्रधानमन्त्रीले राजनीतिक,कूटनीतिक रूपमा एकपछि अर्को गल्ती गरेको भन्दै उहाँहरूले राजीनामा दिन सुझाव दिनुभएको हो,’स्रोतले भन्यो,’जवाफमा प्रधानमन्त्री ओलीले आफूले राजीनामा नदिने भन्दै सकेको कदम चाल्न चेतावनी दिनु भएको थियो।’

शिर्सस्थ तीन नेताको छलफल सकारात्मक नभए पनि शुक्रबारको स्थायी समिति बैठक बोलाउनका लागि भने सहमति भएको जनाएको छ ।