अनलाइन कक्षा भोलि देखि बन्द: प्याब्सन


लेखापढी      ३१ असार २०७७, बुधबार १८:०१

अनलाइन कक्षा भोलि देखि बन्द: प्याब्सन

काठमाडौँ । भोलि साउन १ गते देखि नेशनल प्याब्सन अध्यक्ष ऋतुराज सापकोटा र प्याब्सन अध्यक्ष टिकाराम पुरीले संयुक्त रूपमा बुधबार प्रेस विज्ञप्ति निकालेर अनलाइन र दूर शिक्षा रोक्ने बताएका छन।

गत असार देखि  निजि बिधालयहरुले बैकल्पिक रुपमा अनलाइन कक्षा सुरुगरेका थिए । अनलाइन कक्षा बन्द गर्दै शिक्षकलाई बेतलबी घर बिदामा राख्ने उल्लेख गरेका छन्।

 शिक्षा मन्त्रालयले असार २१ गते गरेको सहमतिअनुसार ठोस निकास दिन नसकेको पनि उनीहरूको भनाइ छ। आर्थिक समस्याका कारणले शिक्षण सिकाइ क्रियाकलापलाई निरन्तरता दिन नसकेको उनीहरूको भनाइ छ।
जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘साउन १ गतेदेखि सवै वैकल्पिक शिक्षण सिकाइ क्रियाकलापहरु स्थगित गरी आफ्ना शिक्षक र कर्मचारीलाई बेतलवी घर बिदा दिने अप्रिय निर्णय लिन बाध्य छौं।’