हरेक दिन एक स्याउ: छन धेरै फाइदा


लेखापढी      ३१ असार २०७७, बुधबार ०२:३६

हरेक दिन एक स्याउ: छन धेरै फाइदा

 “प्रत्येक दिन एउटा स्याउ खाउ, डाक्टरलाई टाढा बनाउ” (An Apple a day keeps the Doctor away) भन्ने चर्चित भनाइ छ । स्वास्थ्य विशेषज्ञहरुले हरेक दिन एउटा स्याउ खाँदा डाक्टरको आवश्यकता नपर्ने भन्छन ।

स्याउका फाइदाहरु यस प्रकार छन- 

– सधै टाउको दुख्ने समस्या छ वा माइग्रेन भने हरेक दिन स्याउ खाने गर्दा निकै फाइदा पुग्छ ।

–राति काटेको स्याउ रातभर राख्ने र बिहान खाँदा माइग्रेन र टाउको दुखाईको समस्या कम हुँदै जान्छ । 

– स्याउ खाँदा खोकी लाग्ने समस्या पनि कम हुँदै जान्छ । स्याउको जुसमा मिश्री  र मरिच मिसाएर दैनिक पिउने गर्दा खोकी  निको हुन्छ ।

– आँखा सुन्निने वा अन्य आँखासम्बन्धि समस्यामा स्याउका टुक्राहरु आगोमा सेकाएर आँखालाई सेकाउनुपर्छ । यसले आँखामा भएका हरेक समस्याहरुमा फाइदा गर्छ । 

– उमेर बढेसँगै आउने दिमागी समस्याहरु र चिन्ताबाट बच्न साथै दाँतलाई स्वस्थ्य राख्न स्याउ खाने गर्नुपर्छ ।

– स्याउमा डाइट्री फाइभर्स भरपुर मात्रामा पाइन्छ जसले पाचन प्रक्रियामा समेत फाइदा पुग्छ ।

– हरेक दिन स्याउ खाने गर्दा क्यान्सर  हुनबाट बच्न सकिन्छ । स्याउको नियमित सेवनले मधुमेहको सम्भावना समेत कम हुन्छ । 

– स्याउको जुसमा पोटासियम, क्याल्सियम, फस्पोरस, म्याग्नेसियम, आइरन, तामा, जिङ्क पाइन्छ । जसको कारण छालामा चमक ल्याउने गर्छ ।  स्याउको जुस सधै सेवन गर्नाले हृदय रोगीलाई फाइदा पुर्याउछ ।



लेखापढी मिडिया