बुधबार ६९७ जना डिस्चार्ज: थप ११६ जना संक्रमित


लेखापढी      ३१ असार २०७७, बुधबार १६:४९

बुधबार ६९७ जना डिस्चार्ज: थप ११६ जना संक्रमित

काठमाडौँ । बुधबार नेपालमा ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या १७ हजार १७७ पुगेको छ ।

बुधबार ६९७ जना डिस्चार्ज  भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ११ हजार २५ पुगेको छ । बुधबार काठमाडौं जिल्लामा ७ जनामा  कोरोना  संक्रमण पुष्टि भएको छ ।