अयोध्या बारे प्रम ओलीको भनाइमा पररास्ट्र मन्त्रालयको स्पस्टिकरण


लेखापढी      ३० असार २०७७, मंगलवार १९:४८

अयोध्या बारे प्रम ओलीको भनाइमा पररास्ट्र मन्त्रालयको स्पस्टिकरण

काठमाडौँ । गत सोमबार भानु जयन्तिको अबसरमा आयोजित कार्यक्रममा प्रम ओलीले भगवान राम जन्मेको अयोध्या नेपालमा रहेको  र भारतको अयोध्या नक्कली हो भन्ने अभिव्यक्तिबारे चौतर्फी बिबाद र आलोचना भएको छ ।

 मंगलबार परराष्ट्र मन्त्रालयले एक बिज्ञप्ति जारि गर्दै प्रधानमन्त्रीको उक्त भनाइको कुनै राजनीतिक सम्बन्ध नभएको र कसैको भावनालाई चोट पुर्‍याउन नभनिएको बताएको छ। 
बिज्ञप्तिमा भनिएको छ- ‘राम र उनीसँग सम्बन्धित विभिन्न मिथक छन्। प्रधानमन्त्रीले राम, रामायण र उक्त सभ्यतासँग जोडिएका थप तथ्यहरू फेला पार्न विभिन्न साँस्कृतिक ठाउँको थप अध्ययन र अनुसन्धान गर्नुपर्ने कुरालाई जोड दिनुभएको हो,’। प्रधानमन्त्री ओलीको उक्त भनाइ अयोध्याको महत्व र यसले बोक्ने सांस्कृतिक मान्यतालाई कमजोर बनाउनु नभएको पनि जिकिर गरेको छ। 

पररास्ट्रले लेखेको छ- हरेक वर्ष विवाह पञ्चमीको दिन अयोध्याबाट जनकपुरमा जन्ती आउने कुराको उल्लेख गर्दै दुई वर्षअघि दुबै देशका प्रधानमन्त्रीहरूले जनकपुर-अयोध्या बस सेवाको उद्घाटन गरेको कुरा पनि स्मरण गरेको छ।
पररास्ट्र मन्त्रालयको बिज्ञप्ति
: