प्रम ओलीलाई छाडा छोड्नु खतरा, चिन्तन प्रणाली खराब: बाबुराम भट्टराई


लेखापढी      ३० असार २०७७, मंगलवार ०९:४६

प्रम ओलीलाई छाडा छोड्नु खतरा, चिन्तन प्रणाली खराब: बाबुराम भट्टराई

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले भानु जयन्तिको अबसरमा हिजो सोमबार कार्यक्रममा बोल्दै भगवान राम जन्मेको अयोध्या भारतमा नभई नेपालमा रहेको र भगवान राम नेपाली भएको अभिव्यक्ति दिएका थिए । उक्त कार्यक्रममा बोल्दै उहाले भगवान राम दक्षिणी नेपालको ठोरीमा जन्मिएको दावी पनि गरेका थिए । प्रम ओलीको उक्त अभिव्यक्ति अहिले चौतर्फी चर्चाको बिषय बनेको छ ।

यसै सन्दर्भमा पुर्ब प्रम बाबुराम भट्टराईले ट्वीट मार्फत भनेका छन –  ‘अति गरे खति हुन्छ भन्छन् !प्रम@kpsharmaoli का वचन/कर्मले सीमा नाघ्दैछन् ! संसदमा ‘सिंहमेव जयते’र बेसार-पुराणदेखि अयोध्या-पुराणसम्म आउँदा वहाँको चिन्तनप्रणाली स्वस्थ देखिन्न। संसद स्थगन गरेर अध्यादेश /संकटकालको‘खड्ग’समेत वहाँको हातमा छ ! अब वहाँलाई छाडा छोड्नु खतरनाक हुनेछ ! उपचार खोजौं !’