दैनिक काेराेनाभाइरस संक्रमित भन्दा निकाे हुने बढेः थप १४४ जनामा कोरोना संक्रमण, १७ सय जना डिस्चार्ज


लेखापढी      २९ असार २०७७, सोमबार १६:५६

दैनिक काेराेनाभाइरस संक्रमित भन्दा निकाे हुने बढेः थप १४४ जनामा कोरोना संक्रमण, १७ सय जना डिस्चार्ज

नेपालमा विगत २४ घण्टामा साेमबार थप १४४ जनामा कोरोनाभाइरस सङ्क्रमण भएको र  १,७०५ जना निको भएर घर फर्किएको जानकारी मन्त्रालयले आयोजना गरेको दैनिक प्रेस ब्रीफिङमा बोल्दै प्रवक्ता डा. जागेश्वर गौतमले दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ८ सय ५६ जनाको पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण गर्दा १४४ जनामा सं‌क्रमण देखिएको हो ।

नेपालमा कुल कोरोना संक्रमितको संख्या १६ हजार ९ सय ४५ पुगेको छ । कोरोना संक्रमण उपचारपछि निको भएर डिस्चार्ज हुनेको कुल संख्या १० हजार २ सय ९४ पुगेको छ । अहिले देशभरि ६,६१३ सक्रिय सङ्क्रमित भएको उनले बताए। 

कुनै बेला १,७०,००० मानिस क्वारन्टीनमा भएको भए पनि अहिले केवल २३,४७० जना छन्।