पुर्ब राजा ज्ञानेन्द्र शाहले विज्ञप्ति जारी गर्दै बाढी-पहिरोबारे दु:ख ब्यक्त


लेखापढी      २९ असार २०७७, सोमबार १९:३९

पुर्ब राजा ज्ञानेन्द्र शाहले विज्ञप्ति जारी गर्दै बाढी-पहिरोबारे दु:ख ब्यक्त

काठमाडौँ ।  पूर्ब राजा ज्ञानेन्द्र शाहले देश भरि बाढी-पहिरो भूक्षय र डुबानबाट सर्वसाधारण जनताहरुमा परेको प्रत्यक्ष असर बारे बिज्ञप्ति जारी गर्दै नेपाल सरकाको ध्यानाकर्षण गराउनु भएको छ ।

विज्ञप्ति जारी गर्दै उनले भनेका छन्– ‘शोक, वियोग, ब्यथा र वेदनाको यो स्थितिमा सबैबाट सबैको राहत, उद्धार र उपचार होस् । विनाशको यो बेला पर्याप्त सहयोग, सुव्यवस्था तथा निगरानी पुगोस् भन्ने मेरो आग्रह छ ।’ हाम्रोजस्तो  पर्वतीय मुलुकमा बाढी, डुबान र भू–क्षयको जोखिम हरेक बर्ष हुने प्रकृया हो, त्यसैले यसको रोकथाम र सजकताका निम्ति समयमै प्रयाप्त ध्यान दिन सके क्षति न्युनिकरणमा योगदान पुग्नेछ ।”
शाहले प्रतिकूल मौसमी प्रकृतिका कारण उत्पन्न प्रकोप र पीडाबाट जनताले मुक्तिको सास फेर्न पाउन् भन्ने प्रार्थना समेत गरेका छन् । शाहले प्राकृतिक विपदको यो समयमा शोक सन्तप्त पीडित सबैमा समवेदना व्यक्त गर्दै घाईते सबैको शिघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
विज्ञप्तिको पूर्ण पाठ पढ्नुहोस :