आदिकबि भानुभक्त आचार्य: श्रद्धासुमन


लेखापढी      २९ असार २०७७, सोमबार ०४:२५

आदिकबि भानुभक्त आचार्य: श्रद्धासुमन

आदिकबि भानुभक्त आचार्य बि.सं. १८७१ मा तनहु जिल्लाको चुँदी रम्घा भन्ने ठाउमा तत्कालिन सम्पन्न ब्राह्मण परिवारमा जन्मेका थिए ।

उनका बुवा श्री धनन्जय आचार्य एक सरकारी कर्मचारी थिए जसले पश्चिमी नेपाल पाल्पाका गभर्नर जनरल अमरसिंह थापाका समयमा काम गरेका थिए । उनका हजुरबुवा श्रीकृष्ण आचार्य एक बिद्वान र संस्कृतका ज्ञाता थिए ।  

एक शिक्षित अनुशासित परिवारमा जन्म भएका कारण आदिकबि भानुभक्तको प्रारम्भिक शिक्षा घरमै पुरा गरेका थिए भने पछि अध्ययन गर्न काशी गए । 

काशी अध्ययन पश्च्यात एक दिन भानुभक्त आफ्नो गाउ घुम्दै जादा एक जना गरिब “घासी” इनार खन्दै गरेको देख्यो । उक्त गरिब घासी घास बेचेर आफ्नो गुजारा गर्ने गर्थ्यो र नजिक  गएर उहाले सोध्नु भयो – किन इनार बनाउदै हुनुहुन्छ ?
घासीले जवाफ दिदै भन्यो – म मरेर गए पनि मैले बनाएको यो इनार को पानि पिउने सबैले मलाई सम्झिने छन त्यसकारण मेरो नाम रहोस भनि इनार बनाउन लागेको छु । 

प्रसिद्द कबिता – घासी
भर् जन्म घाँस तिर मन् दिई धन कमायो
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो
घाँसी दरिद्र घरको तर बुद्धि कस्तो
म भानुभक्त धनी भैकन किन यस्तो

मेरा ईनार न त सत्तल पाटिकै छन्
जे धन चीजहरु छन् घर भित्रनै छन्
त्यस घाँसीले कसरी आज दिए छ अर्ति
धिक्कार हो म कन बस्नु न राखि किर्ति

गरिब घासिको उक्त महान सोच सुनेर भानुभक्तले आफु शिक्षित र सम्पन्न भएर पनि केहि गर्न तिर नलागेको पाए । तत् पश्च्यात उहाले केहि प्रसिद्ध कार्य गर्ने अठोटका साथ संस्कृत भाषामा रहेको आध्यामिक “रामायण” लाइ अति नै सजिलो लयबद्ध नेपाली भाषामा अनुबाद गरे । जसको कारण नेपाली भाषा थप उचाइमा पुग्न सफल भयो  र सम्पूर्ण नेपाली जन-जनको जिब्रोमा रामायणका स्लोकहरु अझै सरल र मिठो लयमा गाउने गरेको सुनिन्छ । 

 भानुभक्त एक सरकारी जागिरे पनि थिए । जागिरकै क्रममा तराईमा रही जागिर गर्दा सरकारी हिसाबकिताब मिलानमा गडबढीभएको कारण तत्कालिन राणा शासकले बि.सं. १९०९ मा कुमारिचोक जेलमा ५ महिना थुनेका थिए । अनुबाद गर्न बाकि रहेको “रामायण” का अन्तिम श्लोकहरु जेलमा रहदा पुरा गरेका थिए ।    

उहाले जेलमा रहदा राणा प्रधानमन्त्रीलाई लेखेको पत्र पनि खुब चर्चामा रह्यो । उहाले पत्र लेख्दै अफ्नोकुनै गल्ति नरहेको र हिसाब किताबको कागजातमा हस्ताक्षर गर्दा त्रुटी भएको स्पस्टिकरण दिएका थिए । जेलमा रहदा उहाको स्वास्थ्य स्तिथि एकदम कमजोर भएको थियो । 

भानुभक्तले लेखेका धेरै कृतिहरु उहाको देहान्त पछि बि.सं. १९४१मा मोतीराम भट्टले खोज र अनुसन्धान गरि प्रकाशन गरेका थिए । मोतीराम  भट्टले नै भानुभक्तलाई “आदिकबि” भनेर घोषणा गरेका थिए । उहा भन्दा अघि अरु पनि नेपाली कविहरु थिए तर उहामा  साहित्यिक रचना गर्न सक्ने अलौकिक खुबी थियो जसका कारण “आदिकबि” को उपाधि प्राप्त गरे । नेपाली साहित्य जगतका पहिलो कविको रुपमा आदिकबि भानुभक्त आचार्यलाई सबैले चिन्ने गरेका छन् । 

आदिकबि भानुभक्त आचार्यको देहान्त बि.सं. १९२५ मा भएको थियो ।

नेपाली साहित्यिक इतिहासमा आदिकबि भानुभक्तले गर्नु भएको अमुल्य योगदान कुनै नेपालीले बिर्सेका छैनन जसको उदाहरण भारत सिक्किम, दार्जिलिंग तथा अन्य नेपाली भाषीहरुले भानु जयन्तिमा विभिन्न साहित्यिक कार्यक्रम गरि मनाउने गरेका छन् साथै नेपाली रास्ट्रीय बिभुतिमा सम्मानका साथ उहाको नाम उच्च रहेको छ । 

भानु जयन्तिको अबसरमा हार्दिक श्रद्धा सुमन अर्पण गर्दछौ ।



लेखापढी मिडिया
काठमाडौँ


www.lekhapadhee.com
lekhapadhee@gmail.com