नेपालमा काेराेना संक्रमण दर घट्दैः थप ८२ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा ६ जना


लेखापढी      २८ असार २०७७, आईतवार १६:४२

नेपालमा काेराेना संक्रमण दर घट्दैः थप ८२ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा ६ जना

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा विगत २४ घण्टामा आइतबार थप ८२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।

३ हजार ९ सय १६ वटा पीसीआर परीक्षणमा ८२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयले  जनाएको छ ।

काठमाडौंमा ५ र ललितपुरमा एक जनामा संक्रमण देखिएको छ ।

तीमध्ये ८,४४२ जना अर्थात् ५१ प्रतिशतभन्दा बढी व्यक्ति निको भएका छन् भने ३८ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १४७ जना भाइरसमुक्त गएर घर फर्किएका छन्।

को हुन् सङ्क्रमित?

आइतवार पुष्टि भएका सङ्क्रमितहरू विभिन्न जिल्लाका हुन्। उनीहरू विभिन्न उमेर समूहका भए पनि युवा र पुरुषको सङ्ख्या बढी छ।

मन्त्रालयका अनुसार उनीहरूमध्ये धनुषाका १९, सुर्खेतका सात, कालीकोटका सात, तनहुँका छ र चितवनका पाँच जना छन्।

त्यसैगरी काठमाण्डूमा पाँच र ललितपुरमा एक जनामा पनि सङ्क्रमण देखिएको छ।