३०० बर्ष पुरानो पोखरी पुनर्निर्माण- डुंगा सयर गर्न पाइने


लेखापढी      २८ असार २०७७, आईतवार १९:१२

३०० बर्ष पुरानो पोखरी पुनर्निर्माण- डुंगा सयर गर्न पाइने
काठमाडौँ । मध्यपुर थिमि नगरपालिका–४ मा रहेको तीन सय वर्ष पुरानो ऐतिहासिक दक्षिणतर्फको पोखरी पुनर्निर्माण पछि शनिबार मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले उद्घाटन गरेका हुन्।
 
पोखरी परिसरमा बत्तिको ब्यबस्था रहेको तथा राति अबेर सम्म पनि त्यहा रहेका दुइ डुंगामा सयर गर्न सकिने छ ।
तत्कालिन समयमा थिमि बोडेको कमलपोखरी र याता पोखरीको पानी आउने गरी करिब ३०० वर्षपहिले गंगा महारानीले सिँचाइ, आगलागी एवं पानीको स्रोतका लागि ‘निगु पुखुः’ निर्माण गराएकी थिइन्।
यो पोखरीको पुनर्निर्माण कार्य सकिय लगत्तै अब उत्तर तर्फको ठूलो पोखरीको पुनर्निर्माण कार्य सुरु भैसकेको छ ।

पुरातात्विक महत्त्व तथा धार्मिक ऐतिहासिक पर्यटनमा यो पोखरीले ठुलो टेवा पुर्याउने बिश्वास गरिएको छ ।


तस्बिर साभार -रासस