साइबर अपराध वा सामाजिक सञ्जालको दुरुपयोग


लेखापढी      २८ असार २०७७, आईतवार १७:३७

साइबर अपराध वा सामाजिक सञ्जालको दुरुपयोग
आज विश्वभर सुचना र प्रविधिको व्यापक विकास भैरहेको छ । नेपालले पनी त्यसलाई पछ्याइरहेको छ । सूचना र प्रविधिको प्रयोगसँगै साईबर अपराध पनी अत्यधिक वृद्धि भएको देखिन्छ । जसले गर्दा समाजमा व्यक्तिगत एबं आर्थिक रुपमा ठुलो क्षति हुनुका साथै राष्ट्रिय सुरक्षामा समेत ठुलो समस्या निम्त्याइरहेको छ । 
 
यो विश्वको कुनै पनी भागमा बस्ने व्याक्ति वा संस्थाको बिरुद्वमा हुन सक्छ । बढ्दो टेक्नोलोजीको आधुनि विकासले मानिसहरुलाई विभिन्न अपराध गर्न धेरै सजिलो बनाएको छ । बितेका केही वर्षहरुको कुरा गर्नु पर्दा क्रेडिट कार्ड चोरी गरिएको, सामाजिक सुरक्षामा सम्झौता भएको र विभिन्न सरकारी तथा गैर-सरकारी संघ-संस्थाका वेवसाईटहरु ह्याक गरिएको पाइएको छ । साईबर अपराधको खतरा बढ्दै जाँदा हाम्रो देश अछुतो छैन ।
 
ईन्टरनेट वा कम्प्युटर प्रयोग र टेक्नोलोजीको बृद्विले गर्दा साईवबर अपराध बढेको पाईन्छ । धेरै जसो नेपालीहरुले मनोरोन्जनका लागी कम्प्युटर, मोबाईल वा ल्यापटपमा इन्टरनेट प्रयोग गर्ने गर्दछन् र उनिहरुलाई आफु जोखिममा रहेको थाह नै हुदैन । अधिकांस नेपालीहरुमा साईबर सुरक्षा सम्बन्धी ज्ञानको कमी छ । कतिलाई त मैले साईबर अपराध गरीरहेको छु या म आफै साईबर अपराधको सिकार भैरहेको छु भन्ने सम्म पत्तो नहुने गरेको मैले धेरै उदाहरण भेटेको छु ।  
 
नेपाली समाजमा साईबर अपराधको सिकार बिशेष गरी मध्यम बर्गका मानिसहरु पर्ने गरेको तथ्यांक छ । यद्वपी केही ठुला घराना धनाड्य बर्ग अझै नेपाल प्रहरी र नेपाली सेना जस्ता सुरक्षा अंगमा कार्यरत उपल्लो तहका अधिकृतहरुका परिवार पनी लोभ-लालचमा फसेर यस्ता अपराधको सिकार बन्ने गरेको सुनिन्छ । तथापी धेरैले त गाँउ-घरमा आफ्नो ईज्जत जाने डरले त्यस्ता घटना गुपचुपमै राख्ने गरेका छन् । केही हप्ता अगाडी पनी एउटा समाचार आएको थियो एक मन्त्रालयकै महिला उप-सचिव चिठ्ठाको लोभमा परेर साईबर अपराधको सिकार बनेको भन्ने । यस्ता धेरै उदाहरणहरु म संग छन् ।
 
आखिर किन र कसरि साईबर अपराधममा मानिसहरु फस्छन ? साईबर अपराध भनेको के हो ? कसरी र कहाँबाट सुरु हुन्छ ? यो बाट बच्ने उपाय र कानुनी उपचार के छ ? साथै नेपालको कानुनले साईबर अपराध सम्बन्धी के  व्यवस्था गरेको छ, यस बारे छोट्करीमा चर्चा गरौ ।
 
साईबर अपराध भनेको के हो ? 
 
कम्प्युटर वा कम्प्युटर नेटवर्कलाई औजार निशाना बनाएर विध्द्वमान कानुनले निषेध गरेको कार्य गर्नुलाई साईबर अपराध भनीन्छ । यस्ता अपराध नियन्त्रणका लागी नेपालमा विधुतीय कारोबार ऐन २०६३ र विधुतीय कारोबार नियमावली २०६४ को व्यवस्था गरीएको छ । नेपालमा मात्र नभै विश्वमै साईबर अपराध सुचना प्रणालीमा रहेको हार्डवयर र सफ्टवयरमा रहेको बोल-नोभ्याल्याटिजलाई एक्सप्लोइड गरी गर्ने गरेको अनुसन्धानमा देखिएको छ । साईबर अपराध यसरी नै सुरु हुन्छ । केही साईबर अपराधका उदाहरणहरु यस्ता छन्
 
१) ह्याकिंग (Hacking) -: साधारण सब्दमा ह्याकिंगको अर्थ भनेको कम्प्युटर प्रणाली र नेटवर्कमा अवैध प्रवेश गर्नु हो । यसलाई क्र्याकिंग (Cracking) को रुपमा पनी चिन्न सकीन्छ । ह्याकर्सहरुले प्राय: सरकारि वेवसाईटहरु ह्याक गर्ने र मिडिया कभरेजको मज्जा लिने गर्दछन् । अहिले नेपालमा बैंकहरुको एटिएम ह्याक गर्ने बढ्दो क्रममा पाइएको छ । 
 
२) चाईल्ड प्रोनोग्राफी (Child Pornography) -: ईन्टरनेटको दुरुपयोग गर्ने मानिसद्वारा बच्चाहरुलाई यौन शोषण र पहुँच दुरुपयोग गर्नको लागी प्रयोग गर्ने गरीन्छ । विश्वभरमा प्राय सबैका घरमा ईन्टरनेटको पहुँच हुने भएकोले धेरै बच्चाहरुले ईन्टरनेट चलाउने गर्दछन् र अधिकांस बच्चाहरु साईबर अपराधको सिकार बन्ने सम्भावना बढेको पाइन्छ । सामाजिक संजाललाइ माध्यम बनाएर अस्लिल हर्कत गर्ने, नाङ्गो तस्बिर आदान-प्रदान गर्ने गर्दछन जसको माध्यमबाट समाजमा बिकृति फैलने र अपराध बढ्ने गरेको छ ।
 
३) डिष्ट्रिव्युटेड डेनाइल अफ सर्भिस अट्याक (Distributed Denial of Service Attack) -: यो एक प्रकारको साईबर हमाला हो, जसमा कुनै पनि प्रयोगकर्ताले प्रयोग गरिरहेको सुचना प्रणाली वा एप्लिकेसन्सलाई अपराधिले अस्थाई वा अनिस्चितकालीन रुपमा अबरुद्व वा ठप्प पारिदिन सक्छ । यो अट्याक सुचना प्रणालीलाई ओभरलोड गर्ने प्रयासमा अनाबस्यक अनुरोधहरु सर्भरमा पठाएर गर्ने गरीन्छ । 
 
४) साईबर टेरोरिजम (Cyber Terrorism) -: साईबर टेरोरिजम भनेको ईन्टरनेटमा डस अट्याक गरेर होस वा ईमेल सर्भिस, वेवसाईट ह्याक गर्ने र सम्वेदनशिल कम्प्युटर मेट्रकहरुमा आक्रमण गर्नु हो 
 
५) सफ्टवयर पाईरेसी (Software Piracy) -: सफ्टवयर पाईरेसि भनेको वास्तविक प्रोग्रामहरुको प्रतिलिपी मार्फत सफ्टवयरको चोरी गर्नु हो । 
 
६) फिसिंग (Phishing) -: फिसिंग भनेको कुनै पनी ह्याकरले नक्कलि ईमेल वा वेव एप्लिकेसन बनाई प्रयोग कर्तालाई झुक्याएर उनिहरुको व्याक्तिगत बिवरण, बैंक खाता वा विभिन्न जानकारि लिनु हो । 
 
७) भाइरस डिसेमिनेसन् (Virus Dissemination) -: भाइरस डिसेमिनेसन भनेको कम्प्युटर भाइरस एकप्रकारको कम्प्युटर प्रोग्राम हो । जुनमा र्याम हुने बित्तिकै अन्य कम्प्युटर प्रोग्रामहरु परिमार्जन गरेर र आफ्नै कोड सम्मिलित गरेर यसको नक्कल गर्दछ, साथै सम्पुर्ण सुचना प्रणालीमा फैलाउने काम पनी गर्दछ ।
 
नेपालमा हाल देखिएका केही साईबर अपराधहरु !
 
सामाजिक सन्जाल फेसबुक, ट्विटर, ईन्स्टाग्राम, भाईबर र ह्वाट्सएपमा अन्य व्याक्तिको नाम तथा तस्विर प्रयोग गरेर नक्कलि प्रोफाईल खोल्ने र अस्लिल हर्कत गरेर बेइज्जत गर्ने तथा दु:ख दिने गरीएको छ । विभिन्न किसिमका नग्न तस्विरहरुमा अरुको टाउको जोड्ने तथा आफन्तहरुलाई पठाउने, आपसी सहमतिमा लिएका गोप्य तस्विर तथा भिडियोहरु सामाजिक सन्जालमा राख्ने वा मेसेन्जरमा पठाउने, सामाजिक सन्जाल मार्फत धम्कीपुर्ण सन्देश पठाउने, आर्थिक लेनदेनमा बार्गेनिंग गर्ने, समाजलाई खलल पुर्याउने खालका समाचार संप्रेशण गर्ने, ईमेल मार्फत लटरी परेको भनी ठगी गर्ने, सरकारी तथा अन्य संघ-संस्थाहरुको वेवसाईट ह्याक गर्ने र अनलाईन बैंकिंगमा अनअथोराईज्ड एक्सिस गर्ने जस्ता साईबर अपराधहरु हाल नेपालमा हुने गरेका छन् । 
 
साईबर सुरक्षाका केही उपायहरु !
 
१) कम्युटर या अन्य सुचना प्रणालीहरुमा एन्टीभाइरस प्रयोग गर्नुहोस । 
२) अनावस्यक सफ्टवयरहरु इन्स्टल नगर्नुहोस, यदि गर्नु भएको छ भने तुरुन्तै हटाउनु होस ।
३) कुनै पनि आफ्ना महत्त्वपुर्ण कागजात वा फाईलहरुको ब्याकअप अनिवार्य राख्नुहोस । 
४) ईन्टरनेटको गोपनियता बारे अधिक जानकारी राख्नुहोस । 
५) आवस्यकता नभएको समयमा कम्प्युटर अफ गरेर राख्नुहोस ।
६) कम्प्युटर, ईमेल र ईन्टरनेट प्रयोग गर्दा रिमेम्बर माई पासवर्ड आईडी भन्ने ठाँउमा नेभर भन्ने अप्सनमा क्लिक गर्नुहोस ।
७) सामाजिक सन्जाल, ईमेल वा अन्य कुनै वेव एप्लिकेसन प्रयोग गरीसके पछी अनिवार्य साईन आउट वा लग आउट गर्नुहोस । 
८) ईमेल वा म्यासेन्जरबाट आएका अनावस्यक लिंकहरु सहि-गलत के हो, यकिन गरेर मात्र ती लिंकमा क्लिक गर्नुहोस । 
९) डिजिटल डिभाइसहरु मर्मत गर्न दिदा आफ्ना सम्पुर्ण विवरणहरु हटाएर मात्र दिनुहोस ।
१०) डेभिड र क्रेडिट कार्डहरुको समय-समयमा पिन कोड परिवर्तन गर्नुका साथै अरुलाई प्रयोग गर्न नदिनुहोस । 
११) आफ्नो नाममा भएको ईन्टरनेट सेवा अरुलाई प्रयोग गर्न नदिनुहोस । 
१२) सामाजिक सन्जालमा अनावस्यक फोटाहरु, व्याक्तिगत विवरण र भ्रमण सम्वन्धी जानकारी सकभर नदिनुहोस । 
१३) ईमेल तथा मोवाईल एसएमएस बाट आउने चिठ्ठामा विश्वास नगर्नुहोस । 
१४) आफ्नो फेशबुक वा अन्य सामाजिक संजालको पासवर्ड कसै अरुलाई नदिनुस ।
 
विधुतीय कारोबार ऐन २०६३ परिच्छेद -९ अन्तर्गतका अपराध र सजायहरु !
 
दफा ४४ :   कम्प्युटर स्रोत संकेतको चोरी, नष्ट वा परिवर्तन गर्नेलाई कसुरको गम्भीरता हेरी दुई लाख रुपैयाँ सम्म जरिवाना वा तिन वर्ष सम्म कैद वा दुवै सजाय हुने छ । 
 
दफा ४५ :  कम्प्युटर सामग्रीमा अनाधिकृत पहुँच गर्ने निजलाई कसुरको गम्भीरता हेरी दुई लाख रुपैयाँ सम्म जरिवाना वा तिन वर्ष सम्म कैद वा दुवै सजाय हुने छ । 
 
दफा ४६ :  कम्प्युटर र सुचना प्रणालीमा क्षति पुर्याउने निजलाई दुई लाख रुपैयाँ सम्म जरिवाना वा तिन वर्ष सम्म कैद वा दुवै सजाय हुने छ । 
 
दफा ४७ :  विधुतीय स्वरुपमा गैर कानुनी कुरा प्रकाशन गर्नेलाई एक लाख रुपैयाँ सम्म जरिवाना वा पाँच वर्ष सम्म कैद वा दुवै सजाय हुने छ । 
 
दफा ४८ : गोपनियताको भंग गर्ने निजलाई कसुरको मात्रा हेरी एकलाख रुपैयाँ सम्म जरिवाना वा दुई वर्ष सम्म कैद वा दुवै सजाय हुने छ । 
 
दफा ४९ :  झुट्टा व्यहोराको सुचना दिने निजलाई एक लाख रुपैयाँ सम्म जरिवाना वा दुई वर्ष सम्म कैद वा दुवै सजाय हुने छ । 
 
दफा ५० :   झुट्टा इजाजतपत्र वा प्रमाणपत्र पेश गर्ने वा देखाउने निजलाई एक लाख रुपैयाँ सम्म जरिवाना वा दुई वर्ष सम्म कैद वा दुवै सजाय हुने छ । 
 
दफा ५१ :  तोकिएको विवरण वा कागजात दाखिला नगर्ने निजलाई पचास हजार रुपैयाँ सम्म जरिवाना हुने छ । 
 
दफा ५२ : कम्प्युटर जालसाजी गर्ने कसूररदारलाई एक लाख रुपैयाँ सम्म जरिवाना वा दुई वर्ष सम्म कैद वा दुवै सजाय हुने छ । 
 
दफा ५३ : कम्प्युटर सम्बन्धि कसूर गर्न दुरुत्साहन गर्ने व्याक्तिलाई कसूरको मात्रा हेरी पचास हजार रुपैयाँ सम्म जरिवाना वा ६ महिना सम्म कैद वा दुवै सजाय हुने छ । 
 
दफा ५४ : मतियारलाई सजाय अन्तर्गत मुख्य कसूरदारलाई भएको सजायको आधा सजाय हुने छ । 
 
दफा ५५ : नेपाल राज्य बाहिर गरेको कसूरमा हुने सजाय अन्तर्गत व्याक्तिलाई यस ऐन बमोजिम मुद्दा चलाई सजाय गर्न सकिने छ ।  
 
पासवर्ड सुरक्षित राख्ने उपायहरु !
 
१) आफ्नो पासवर्ड कसैलाई नदिनुहोस र समय-समयमा परिवर्तन गर्नुहोस । 
२) आफ्नो पासवर्ड अरुले भेट्ने ठाँउमा लेखेर नराख्नुहोस । 
३) सकेसम्म नम्वर, लेटर र स्पेसल क्यारेक्टर प्रयोग गरेर आफ्नो पासवर्ड बनाउनुहोस । 
 
साईबर अपराध सम्बन्धी कहाँ रिपोर्ट गर्ने र कसरी गर्ने ? 
 
कुनै पनि साईबर अपराध सम्बन्धी अपराध घटेको खण्डमा वा आफुले थाहा पाएको खण्डमा नजिकको प्रहरी कार्यलयमा गइ जति सक्दो छिटो निवेदन दिनु पर्दछ । यसो गर्नुभयो भने अपराधीलाई पक्काउ गर्न प्रहरीलाई ठुलो मद्दत मिल्ने छ र पिडित पक्षले न्याय पाउने छन् । 
 
अन्तमा मेरो भनाई !
 
नेपालमा मात्र नभई विश्वमै प्रत्येक व्याक्ति साईबर अपराधको सिकार त हुदैनन तर यसको जोखिममा भने सधै रहिनै रहन्छ। टेक्नोलोजीको विकासले साईबर अपराध गर्न कम्प्युटर वा कम्प्युटर प्रणाली प्रयोग गरी विभिन्न बैंक र निजि कम्पनीहरुले प्रयोग गर्दै आएका सुचना प्रणाली माथी आक्रमण गर्ने गर्दछन् । तसर्थ साईबर अपराध उन्मुलन  गर्न त सकिदैन तर कम गर्न भने अवस्य सकिन्छ । 
 

त्यसका लागि साईबर सुरक्षाका सम्वन्धमा माथि उल्लेख गरिएका उपायहरुलाई अवलम्वन गरि धेरै भन्दा धेरै साईबर अपराध न्यूनिकरण गर्न सकिन्छ। यि कुरा आफुले पनि जानकारि लिइ आम मानिस र समुदायलाई जानकारि गराइ साईबर अपराधबाट आफु बचौ र अरुलाई पनी बचाइ अपराधरहित समाज र राष्ट्रको निर्माण गरौं । धन्यवाद !



बिबेक चन्द ठकुरी 
मध्यपश्चिम नेपाल


“Thank you for your valuable time”
www.lekhapadhee.com

हजुरहरुका अमुल्य लेख- रचना हामीलाई इमेल गर्नुहोस :-  lekhapadhee@gmail.com