भारतीय प्रेस काउन्सिल अध्यक्षलाई प्रेस काउन्सिल नेपालको पत्र


लेखापढी      २७ असार २०७७, शनिबार ०१:२८

भारतीय प्रेस काउन्सिल अध्यक्षलाई प्रेस काउन्सिल नेपालको पत्र

काठमाडौँ ।  केहि समय यता भारतीय केहि मिडियाहरुले नेपाल सरकार बिरुद्ध गर्दै आएको अनर्गल समाचार तथा भ्रामक खबरहरु प्रति सबैको गम्भीर ध्यानाकर्षण भएको छ । 

केहि भारतीय मिडियाहरुले नेपाल सरकारको आन्तरिक कार्यविधि तथा चिन संगको कुटनैतिक सम्बन्धलाई असर पर्ने गरि नकारात्मक भिडियो बनाएर प्रसारण गरेको थियो । 

सोहि बिषयलाई मध्यनजर गर्दै  “प्रेस काउन्सिल नेपाल” ले भारतीय प्रेस काउन्सिलका अध्यक्षलाइ यो गम्भीर बिषय प्रति अबगत गराउदै दुइ देश बिचको सम्बन्धलाई बिग्रन नदिन त्यस्ता न्युज च्यानल माथि प्रभाबकारी हस्तक्षेपका लागि कुटनैतिक पत्राचार गरेको छ । 


साभार : नेपाल प्रेस काउन्सिल