चितवन पुगे प्रचण्ड: खोले पार्टी विवादको सत्यता, धैर्य रहन आग्रह


लेखापढी      २७ असार २०७७, शनिबार १९:१६

चितवन पुगे प्रचण्ड: खोले पार्टी विवादको सत्यता, धैर्य रहन आग्रह

चितवन । बाढी- पहिरो निरीक्षण गर्न नेकपा पार्टी अध्यक्ष समेत रहेका प्रचण्ड चितवन पुगेका छन् ।

हाल साउन २ गते सम्म स्थायी कमिटी बैठक एक साता स्थगित भएपछि उहा चितवन पुग्नु भएको हो । उहाले गृहजिल्ला चितवनको माडीमा शनिबार नेता/कार्यकर्तासँग भएको छलफलमा  पार्टीभित्र देखिएको आन्तरिक विवादबारे जानकारी गराएका थिए। प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रचण्डसहित शीर्ष नेताले स्थायी कमिटी बैठकमै राजीनामा मागेपछि नेकपाभित्र विवाद सुरु भएको थियो ।

चितवनमा स्थानीय कार्यकर्ताहरु संग भन्नु भयो -‘हतारमा केहि कुरा गरेर भोलि फुर्सदमा पछुताउने अवस्था नआओस् भन्ने कुरामा सतर्क छौं,’ प्रचण्डले भने, ‘म पार्टीको एउटा अध्यक्ष। मैले देश दुर्घटनामा जाने या पार्टी दुर्घटनामा जाने कुनै गतिविधि हुन नदिनको निम्ति अन्तिम समयसम्म धैर्यतापूर्वक पहल गर्ने विश्वास तपाईंहरूलाई दिलाउन चाहन्छु। मैले हतार गर्न खोजेको भए दुर्घटना वा अर्को के हुन्थ्यो म भन्न सक्दिनँ।’

‘परिवर्तन बचाउने लडाइँ पनि छ यो। यो कोरोनाको कारणले अरू नै केहि हुने हो कि भन्याजस्तो या पार्टीभित्रको विवाद चर्काइदिएर  प्रतिक्रियावादीहरू के चाहन्छन् भने एकातिर गएर केपी ओलीलाई छोड्न हुन्न यो बेला भनिदिने। अर्कोतिर प्रचण्डलाई गएर छोड्न हुन्न यही बेला भन्दिने पनि देखिएको छ। तपाईंहरू त्यस्तोमा नलागिदिनुहोला। हामी जित्छौं,’ प्रचण्डले भने।

हाल सडकमा भइरहेका प्रदर्शनतर्फ लक्षित गर्दै कार्यकर्तालाई हतार गरेर कुनै गतिविधि नगर्न पनि आग्रह गरे। ‘हतार गरेर कुनै गतिविधि गर्न जरूरी छैन,’ प्रचण्डले भने।

चितवन आफ्नो गृह जिल्ला भएको र प्रधानमन्त्रीसँगकै परामर्शमा बाढीपहिरोको अवस्थाबारे बुझ्न चितवन आएको उनले बताए।