कोरोनाको कारण थप तीन जनाको मृत्यु ४३१ जना डिस्चार्ज


लेखापढी      २७ असार २०७७, शनिबार १७:०७

कोरोनाको कारण थप तीन जनाको मृत्यु ४३१ जना  डिस्चार्ज

काठमाडौँ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६४८ नमुना परीक्षण गरिएको हो ।

आज  पछिल्लो २४ घण्टामा थप ७० जना नया संक्रमित र ४३१ जना निको भएर डिस्चार्ज भएका छन् ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दिएको जानकारीअनुसार काठमाडौं शंखमुलका ६० वर्षीय पुरूषको कोरोना संक्रमणबाट मृत्यु भएको हो।

उनी फोक्सो र मिर्गौलाका बिरामी थिए। असार १६ गते उपचारका लागि पाटन अस्पताल भर्ना भएकोमा असार १७ गते गरिएको स्वाब परीक्षणमा उनमा कोरोना पुष्टि भएको थियो। 

सिन्धुपाल्चोक पाँचपोखरी वडा नम्बर ६ का ४५ वर्षीय पुरूषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ। असार १८ गते क्षयरोगको उपचारका लागि पाटन अस्पताल भर्ना भएका ती पुरूषमा असार २२ गते कोरोना पोजेटिभ देखिएको थियो। उनको असार २५ गते मृत्यु भएको डाक्टर गौतमले जानकारी दिए।

यस्तै काठमाडौं गोकर्णेश्वर नगरपालिका वडा नम्बर ४ घर भएका ५४ वर्षीय एक पुरूषको पनि असार २५ गते मृत्यु भएको हो।