चन्दा असुली गरिरहेका विप्लप कार्यकर्ता पक्राउ


लेखापढी      २७ असार २०७७, शनिबार १८:००

चन्दा असुली गरिरहेका विप्लप कार्यकर्ता पक्राउ

बैतडी – नेत्रविक्रम चन्द विप्लवका एक कार्यकर्ता बैतडीमा पक्राउ परेका छन ।

बैतडी दोगडाकेदार गाउँपालिका ६ सित्तडका ३२ बर्षीय करन ऐरी ( कर्णाली ) पक्राउ मा परेका हुन । पक्राउ परेका ऐरी विप्लव समूहका गाउँकमिटि सदस्य रहेका बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक गौरीप्रसाद जैसीले जानकारी दिए ।

डर धम्की देखाएर चन्दा असुली गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा  डिलाशैनी गाउँपालिका ६ कटौज भन्नेस्थानबाट पक्राउ गरिएको हो । पक्राउ परेका ऐरीलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा राखिएको छ ।यस्तै ऐरीसंगै रहेका विप्लव समूहका दार्चुला जिल्ला इञ्चार्ज रामसिंह कुँवर भने फरार रहेका र उनको खोजी कार्य जारी रहेको बैतडी प्रहरीले जनाएको छ ।