ठगि धन्दा : युवा ज्योतिष कहलिएका अर्जुन क्षेत्री प्रहरी खोरमा


लेखापढी      २६ असार २०७७, शुक्रबार १७:५८

ठगि धन्दा : युवा ज्योतिष कहलिएका अर्जुन क्षेत्री प्रहरी खोरमा

काठमाडौँ । चपलीहाइट, बुढानिलकण्ठमा एकजना जग्गा व्यवसायीको प्लाटिंगको जग्गामा सरकारी जग्गा परेको र समाधान गर्न उपाय खोज्दै गरेको थाहा पाए पछि अर्जुन क्षेत्रीले आफ्ना ९ जना मान्छे खडा गरि नक्कली उपसचिव लगायत नक्कली अख्तियार प्रमुख को समूह बनाई  ठुलो रकम ठगि गर्ने योजना जग्गा धनीले थाहा पाए पछि अपराध महाशाखा को टोलीले पक्राउ गरेको छ ।

जग्गा धनीका अनुसार आफ्नो उक्त जग्गामा केहि सरकारी जग्गा परको कारण समाधान गर्न खोज्दा अर्जुन क्षेत्री को समूह आफुहरु अख्तियारको कर्मचारी भएको र पाच करोड पैसा दिए पछि मिलाइदिने भन्दै कुरा अघि बढाएको जनाएको छ । पैसाको बार्गेनिंग गर्दै अन्तमा ५० लाखमा कुरा मिलेको थियो ।

यो सबै कुरामा संका लागि आयोगको कार्यालयमा सूचना गराएका थिए । बिहिबार राति अख्तियार र महानगरीय अपराध महाशाखाको टोली ५० लाख रुपैयाँ बोकेर कपन गयो । ५० लाख आउने भयो भनेर मख्ख परेका अर्जुन पैसा लिन खोज्दा पक्राउ परे।

पक्राउ पर्नेहरूमा  विजय रावल, जगदीश खड्का, राजेन्द्रकुमार श्रेष्ठ, राजेश गुरूङ, शम्भुप्रसाद रेग्मी, शंकरविक्रम खड्का, श्यामसिंह थापा र विवेक पोखरेल छन्। उनीहरूलाई गौरीघाट, गौशाला र पुरानो बानेश्वर क्षेत्रबाट पक्राउ गरिएको आयोगले जनाएको छ।