डा. दलिप कुमार मल्ल: बहुप्रतिभाशाली व्यक्तित्त्वका धनी


लेखापढी      २६ असार २०७७, शुक्रबार १७:४३

डा. दलिप कुमार मल्ल: बहुप्रतिभाशाली व्यक्तित्त्वका धनी
नेपाल अधिराज्यको पश्चिामञ्चल विकास क्षेत्र हालको प्रदेश ४ अन्तर्गत धौलगिरी अञ्चल, म्याग्दी जिल्ला राखुपिप्ले- ७, परिवर्तित् रघुगङ्गा गाँउपालिका वडा नम्वर- ३ कलेजावाङ्ग हाल कामनपा वडा नम्वर ३ बाँसबारी सल्लाघारी निवासी (बुबा भारतीय सेनाका सुवेदार स्व. नर बहादुर मल्ल तथा मुमा स्व.डम्मर कुमारी मल्लका छोरा डा. दिलिप कुमार मल्ल एक मात्र छोरा हुनुहुन्छ भने उहाँको तीन दिदी बहिनीहरुमा सिता कुमारी शाही, गिताकुमारी मल्ल र लक्ष्मी मल्ल शाह हुनुहुन्छ । डा. मल्लका श्रीमती अनु शाह मल्ल र दुई छोरीहरु द्रशिना मल्ल, दक्षता मल्ल छन् । 
 
डा. मल्लको जन्म वि.स.२०३३ साल वैशाख ११ गते भारतको तिपुरा अस्पतालमा भएको हो भने, उहाँको प्रारम्भिक अध्ययन् आफ्नै गृहजिल्लाको राखूकलेजावाङ्गको श्री हिमालय प्रा.बि. मा भयो । माध्यामिक शिक्षा मुक्तिधाम मा.वि. राखुबाट पुरा गर्नुभएका मल्लले उच्च शिक्षा अध्ययनको क्रममा नेपालको राजधानी प्रवेश गर्नुभयो र  शंकरदेवबाट शिक्षा व्यवस्थापन तर्फ एमबीए, साथै त्रिचन्द्र कलेजलबाट सामाजिक विज्ञान  तथा समाजशास्त्र तर्फ एमए र त्रिभुवन् विश्वविधालय कीर्तिपुर बाट एमए राजनीतिशास्त्रमा अध्ययन पुरा गर्नु भएको छ । 
 
उहाँले सन २०१३ देखि २०१८ सम्म समाजशास्त्रबाट “नेपालको द्वन्द्व र त्यसको सामाजिक मनोवैज्ञानिक असरमा”  गहन अध्ययन गरि द्वन्द्वबाट प्रभावित समाजको समाजिक मनोवैज्ञानिक दृष्टिकोणमा आफ्नो शोधपत्र तयार गरी भारतको राजास्थान स्थित सिंघानिया विश्वविधालयबाट विधावारिधि (पिएचडी) पुरा गर्नु भएको छ । 
 
सानै उमेरदेखि खोज अनुसन्धान, लेख, रचना र सामाजिक सेवामा रुची राख्ने डा. मल्लले आफु माध्यमिक शिक्षा अध्यनरत हुँदै विभिन्न गीतहरु लेख्ने गर्नु भएको थियो । सुरु देखिनै समाजसेवामा रुचि राख्ने सायद आफ्नो बुबाले गरेको समाजिक सेवाको लगावले पनि उहाँमा प्रभावित पारेको थियो, त्यसैले आफुले डिग्री हासील गरीसकेपछी विभिन्न कलेजमा प्राध्यापन तथा शैक्षिक परामर्शदाताको रुपमा काम गर्दै आउनु भएको थियो । उहाँले समाजशास्त्र अध्ययन गर्दै  गर्दा नेपालको विकास योजनामा संचालन हुने विभिन्न पुर्वाधार क्षेत्रमा काम गर्न शुरु गर्नु भयो । विभिन्न दातृ निकाय विश्व बैंक, एसियाली विकास बैंक तथा विभिन्न क्षेत्र बाट लगानि हुने अन्य पुर्वधार विकास, रेलमार्ग, जलविधुत, खानेपानी, सडक तथा सिँचाई क्षेत्रमा पनी सामाजिक विकास तथा पुर्नवास विज्ञको रुपमा परार्मश सेवा दिदै आउनु भएको छ ।
 
डा. मल्ल सुसंस्कृत, मिजासिला, सरल, प्रष्ट वक्ता र समाजसेवी भावनाले अभिप्रेरित हुनुहुन्छ । मल्लले आफ्नो जीवनमा भोगेका देखेका जनसमाजबाट उठेका जनबोली, जनभावना र समाजको जनजीवनलाई अझ सुक्ष्म रुपमा बुझेका हुनाले त्यो समाजको यर्थाथताको चित्रण गर्दै समाजमा भएका विभिन्न समाजिक, मनोवैज्ञानिक विचारहरु र समाजमा भएका ति धारणाले त्यो समाजमा कस्तो असर पारेको छ भन्नेमा बिशेष रुची राख्न चाहनु हुन्छ । यही रुचीका केही धारणाहरुको संग्रह स्वरुप भनेर केही कितावहरु निकाल्नु भएको छ । 
 
उहाँको चर्चित गित लोकप्रिय गायक स्वरुपराज आचार्यको स्वरमा “मैलै चाहेर पनि गिती संग्रह”को (गीत अन्तमा हेर्नुहाेला)” गीत बजारमा आएको छ । उहाँका सुक्ष्म सामाजिक मनोविज्ञानमा आधारित किताबहरुमा “दविएको आवाज” गजल संग्रह, “मुम्वई दर्शन” एक सामाजिक दर्शन जसले समाजमा  केही मात्रामा भएपनि मार्गदर्शन गरेका छन । इतिहास तथा संस्कृतिको अध्ययनकर्ता, अझ झन नेपालको इतिहासमा ठकुरीहरुको इतिहास खोज अनुसन्धान गर्न उत्प्रेरित भएका मल्लले भन्दै आउनु भएको छ की ठकुरीको इतिहास अझ सम्म पनि गहन रुपमा अध्ययन गरि लेखिएको छैन तसर्थ ठकुरीको इतिहाँस ठकुरीहरु बाट नै लेखिनु पर्दछ । यही मान्यता राख्ने मल्लले आफ्नो छोटो अध्ययनमा आफुले ठकुरी प्रति बुझेका धारणा स्वरुप “ठकुरी इतिहाँस र भाषा संस्कृति-२०७६” किताब बजारमा ल्याउनु भएको छ । 
 
उहाँको यस पुस्तकमा ठकुरीको संक्षिप्त इतिहास, भाषा संस्कृति, ठकुरीको परिचय, मनोवृत्तिको चित्रण गरिएको छ । ठकुरीको इतिहासमा एक ऐतिहासिक संस्कार र संस्कृति छ । जसले नेपाली समाजको एक सभ्यता र संस्कार देखाउँछ । यसलाई हामी नेपालीले संरक्षण गर्दै संस्कृतिकरण गर्न सक्नु पर्दछ । जसले नेपाली समाज र संस्कारको पहिचान दिन सक्दछ  र हाम्रो सभ्यताको परिभाषा पनी दिन सक्दछन् भन्ने अभिप्राय राख्दै आउनु भएको छ ।
 
नेपाली इतिहाँसलाई नियाल्दा यसको उजागरण शास्त्रिय इतिहाँसले पनि गरेको हुन्छ । देश, समाज र सामाजिक परम्पराको इतिहास बुझ्न, जान्न हामीले गाउदै आएका विभिन्न संगीत विधाबाट समेत प्रस्ट हुन्छ । जसकारण इतिहाँस देखाउने र प्रचार प्रसार गर्ने काम भनेको कथा, कविता, उपन्यास, गीत/संगीत पनि हो ।
 
संगीतद्धारा कला र संस्कृती देखाउनु पर्छ भन्दै मल्लले “अप्सरा" भन्ने गीती एल्बम मा ‘पाऊँ हजुरको किन कष्ट गरिबक्सयो’, ‘चाँदनी त्यो कालो रात’, ‘अप्सरा हौकी त स्वर्गबाट झरे जस्ती, मैले चाहेर पनि हुन्न रहेछ, ‘राजा-राजा यो दिलको राजा, "ॐ मानेपेमे बुद्ध दर्शन", "खोजेर कहाँ सकिन्छ र", "संगीत सागर झै विशाल" र "म वियोगमा बाँचिरहेछु तिम्ले साथ छोडी गयौ" भन्ने गितको संगालो बजारमा आइसकेका छन् । विभिन्न विधामा गीत रचना गरिएको र विभिन्न ताल सुरमा यी गीतहरुमा संगीतको संयोजन गरिएको छ । 
 
 
डा. मल्लले सृर्जना गरेको "म विँयोगमा बाँचिरहे" भन्ने गितमा संगीतकार तथा एरेन्जर लक्षु प्रकाश मल्लले ‘ई’ क्रोमेटिक स्केलमा संगीत विधाको १२ वटै सुर प्रयोग गरेर संगीत र शव्दले नयाँ किर्तीमान कायम गरेर "एभरेष्ट विश्व रेर्कड"  (गीत अन्तमा हेर्नुहाेला) सर्टिफिकेट प्राप्त गरेको छ । यो एउटा नेपाली संगीतिक क्षेत्रमा उदाहरणीय पहिलो काम हो ।
 
आज विश्व मानव समुदाय सुचना प्रविधिका कारण एउटा सानो गाँउमा परिणत भएका छौ । आजको यो युगमा सुचना प्रविधिले गर्दा तत्काल क्षणभर मै सबै सुचना पाउन सकिरहेका छौ । तर पनि मानवीय विश्व समाजमा जुनसुकै विषय पक्ष सँग विपक्ष पनि गाँसिएको हुन्छ । राम्रा नराम्रा पक्ष भनेका एक सिक्काका दुई पाटा हुन । यसमा आ-आफ्नो हेराई र बुझाई पनि हो । यस्तो खोज अनुसन्धानको विषयमा मल्लले पाएका आफुले संग्रह र संकलित गर्दै आएको र सुक्ष्म अध्ययन स्वरुप लेखिएको “कलावती” कथा संग्रह बजारमा आउन लागेको छ, भने यस्तै ऐतिहासिक संग्रहमा “चन्द्रबंशी राजाहरुको इतिहास र वंशावली”, “म्याग्दी राखूको इतिहाँस र त्यहाँका मल्ल राजाहरुको वंशावलि” सँग सँगै सामाजिक उपन्यासहरु प्रकाशन गर्ने जर्मको गर्दै हुनुहुन्छ ।
 

यसरी स्वतस्फुर्त अध्यनशील बनी आफु-आफ्नो समाज र देशको भलाईका लागी केही गर्नु पर्छ भन्ने भावना बोक्नुभएका डा. मल्ल हाल पनी थुप्रै सामाजिक संघ-संस्थामा आबद्व रहेर काम गरीरहनुभएको छ । रोटरी क्लवको सदस्य, राखु समाज काठ्माण्डौको पुर्ब बरिष्ट उपाध्यक्ष रहीसक्नुभएका डा. मल्ल हाल ठकुरी कला साहित्य प्रतिष्ठानको अध्यक्ष हुनुहुन्छ भने अन्य विभिन्न सामाजिक संघ-संस्थाहरुमा  आफ्नो बेग्लै पहिचान कायम गरि समाज सेवा गरीरहनु भएको छ ।

 



लेखन तथा सम्पादनः विवेक चन्द ठकुरी
                             मध्यपश्चिम


युवा समाजसेवी, राजनैतिक तथा समसामयिक बिषयमा ससक्त विश्लेषक "बिबेक चन्द ठकुरी" बाट निरन्तर प्राप्त अनेकौ लेख-रचनाको लागि लेखापढी मिडिया हार्दिक आभार व्यक्त गर्दछौ ।

“Thank you for your valuable time”
www.lekhapadhee.com

हजुरहरुका अमुल्य लेख- रचना हामीलाई इमेल गर्नुहोस :-  lekhapadhee@gmail.com