सार्बजनिक यातायात संचालनमा सरकारको निर्णय: पचास प्रतिशत भाडा बढ्ने


लेखापढी      २५ असार २०७७, बिहीबार १८:३५

सार्बजनिक यातायात संचालनमा सरकारको निर्णय: पचास प्रतिशत भाडा बढ्ने

काठमाडौँ । मन्त्रिपरिषद्को बैठकले गाडीहरुको जम्मा सिट क्षमताको बढीमा आधा यात्रु राखेर छोटो दुरीको यातायात सञ्चालन गर्न दिने निर्णय गरेको छ । सरकारले छोटो दुरीका सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

सार्वजनिक यातायात सञ्चालकले सुरक्षाका सम्पुर्ण मापदण्ड पूरा गरेर यातायात सञ्चालन गर्न सक्ने अर्थमन्त्री खतिवडाले बताए ।

सरकारका प्रवक्ता अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाका अनुसार काठमाडौं उपत्यकाको हकमा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाभित्र र उपत्यकाबाहिर बाहिरको हकमा सम्बन्धित जिल्लाभित्र मात्र सार्वजनिक यातायातका साधन चलाउन पाइनेछ ।

यातायातका चालक र सहचालकले मास्कका साथै भाइजर र पञ्जा अनिवार्य लगाउनुपर्नेछ । ढोका र यातायातका साधनभित्र स्यानिटाइजर राख्नुपर्नेछ भने यात्रुले पनि मास्क अनिवार्य लगाउनुपर्नेछ । सामाजिक दुरी कायम गर्न पंत्तिबद्द सिटमा एक जना यात्रु राक्नु पर्नेछ ।

तत्कालका लागि जिल्ला बाहिर जान वा लामो दुरीका सवारी साधन संचालन गर्न कुनै निर्णय गरिएको छैन ।

सिट क्षमता अनुसार सञ्चालन नहुने भएकाले सञ्चालन खर्चका लागि हाल कायम भाडाको ५० प्रतिशत थपेर लिन पाउने निर्णय भएको मन्त्री डा. खतिवडाले बताए । तर, ट्याक्सीले भने बढी भाडा लिन पाउने छैन ।

यसै प्रकार सार्बजनिक ट्याक्सी मा चालक बाहेक दुइ जना यात्रु राख्न पाउने साथै एउटै परिवारको सदस्य भए ५ वर्षमुनिका बालबालिका राख्न सकिनेछ ।

मन्त्रिपरिषदको निर्णय हेर्नुहोस