चर्चित हास्य कलाकार सुर्मा भोपालिको निधन: बलिवुड खबर


लेखापढी      २५ असार २०७७, बिहीबार १६:२५

चर्चित हास्य कलाकार सुर्मा भोपालिको निधन: बलिवुड खबर

एजेन्सी ।  सुर्मा भोपालीको नामले चर्चित हास्य कलाकारको बुधबार राति मुम्बई, बान्द्रा स्थित आफ्नै घरमा निधन भएको हो ।  उहा ८१ बर्षको उमेरमा बिभिन बिमारीहरुको कारण निधन भएको जनाएको छ ।

उहाको वास्तविक नाम – सैयद इश्तियाक अहमद जाफरी हो । सूरमा भोपाली के नामले मशहूर जगदीप 29 मार्च, 1939 को मध्य प्रदेश दतिया मा जन्मेका थिए । उनले चार सयभन्दा बढी फिल्ममा काम गरेका छन् । सन् २०१२ को ‘गली गली चोर’ उनले अभिनय गरेको अन्तिम फिल्म हो, जसमा उनले प्रहरीको भूमिका निर्वाह गरेका छन् ।

जगदीपले सुरुमा बाल कलाकारको रुपमा मास्टर मुन्नाको रुपमा बीआर चोपडाको फिल्मा ‘अफसाना’मा खेलेका थिए । ‘लैला मजनु’मा पनि बालकलाकारको रुपमा उनले अभिनय गरेका छन् । सन् १९७५ मा बनेको शोले फिल्ममा उनले निर्वाह गरेको सुरमा भोपालीको भूमिकाले उनी बलिउडमा चर्चित बनायो । त्यसपछि सन् १९८८ मा ‘सुरमा भोपाली’ नामकै फिल्म बन्यो, जसमा जगदीपको मुख्य भूमिका छ । यसका साथै ब्रह्मचारी, नागिन र अन्दाज अपना–अपना जस्ता फिल्ममा उनको कमेडी रोल रुचाइएको थियो ।

सन् १९७५ मा बनेको चर्चित फिल्म “शोले” मा सुर्मा भोपलिको नामले गरेको अभिनय पछि झन् चर्चा कमाएका थिए । सन १९८८ मा बनेको “सुर्म भोपली” फिल्ममा पनि उनले नै अभिनय गरेका थिए । 

बलिवुड एक भेट्रान हास्यकलाकार गुमाएको छ ।